9 years ago
July 11, 2016
पेरिस (एजेन्सी)- पोर्चुगल पहिलो पटक युरोपियन च्याम्पियन बनेको छ । प्रतियोगिताको सुरुआतबाट संघर्षपूर्ण यात्रा तय गर्दै अघि बढेको पोर्चुगल अन्तत युरो २०१६ उपाधिका साथ घर फर्कने तयारीमा छ । उत्कृष्ट तेस्रो टोली बन्दै बल्लतल्ल नकआउट चरण पुगेको पाुर्चगलले सेमिफाइनलबाहेक हरेक खेलमा जितका लागि कठिन परिश्रम गर्नुपर्यो । आज बिहान आयोजक फ्रान्सलाई १–० ले हराउँदै पहिलो पटक युरोपिन च्याम्पियनसिप जितेको थियो ।
पेरिसस्थित स्टेड डी फ्रान्स रंगशालामा पोर्चुगलले जितका लागि थप समय सम्म कुर्नु परेको थियो । स्टार खेलाडी क्रिस्टियानो रानाल्डो चोटका कारण पहिलो हाफमा ( २४ मिनेट) मैदानबाट बाहिरिएपछि फ्रान्स हावी हुने अनुमान गरेका थिए । तर पोर्चुग्लले हार मानेन आयोजक फ्रान्स पहिलो पटक घरेलु मैदानमा उपविजेतामा चित्त बुझाउन बाध्य भयो । बल नियन्त्रणमा लिने प्रयास गर्दा दिमित्री पाएटसँग ठोक्किएपछि रोनाल्डो मैदाममै ढले । केही झनको उपचारपछि उनी पुनः मैदान प्रवेश गरे । तर, चोटले उनलाई धेरै बेर खेल्न अनुमति दिएन । आसु झार्दै स्टेचरमा बसेर उनी मैदान बाहिरिए ।
९० मिनेट गोल रहित बराबरीमा टुंगिएपछि थप ३० मिनेटको १९ औं मिनेटमा इडेरले गोल गरेका थिए । इडेरले पेनाल्टी बक्स बाहिरबाट कडा प्रहार गर्दै बललाई पोस्टको दिशा दिएका थिए । फ्रान्सका गोलकिपरले रोक्ने प्रयास गरेपनि उनी बल सम्म पुग्न भ्याएनन् । त्यहि गोलले पोर्चुगललाई ऐतिहासिक सफलता दिलायो ।
यसअघि सन् २००४ को युरो कपमा फाइनल खेलेको पोर्चुगल त्यति बेला अन्डर ग्रिससँग पराजित गरेको थियो । यसपटक पोर्चुगल आफै अन्डर डगका रुपमा उपाधि जितेर फर्केको थियो । समूह चरणका तीन खेल बराबरीमात्र गर्न सकेको पोर्चुगलले नकआउट चरणमा सेमिफाइनल बाहेक सबै खेल थप समयमा पुगेर नतिजा आफ्नो पक्षमा पारेको थियो । उता फ्रान्स भने सेमिफाइनलबाहेक सबै खेल सहजै जितेर अघि बढेको थियो ।
सेमिफाइनलमा फ्रान्स भाग्यशाली बन्न सकेन । पुरा खेलमा जर्मनी हावी भएपनि फ्रान्स दुई गोल गरेर उपाधि नजिक पुगेको थियो । फ्रान्सले फाइनलमा खेलमा पकड त बनायो तर सफल पोर्चुगल भयो । सेमिफाइनल सम्म ६ गोल गरेका फ्रान्सका एन्टोनी ग्रीजम्यान, ओलिभर जिरुड, पाएटले गोलका केही प्रयास गरेका हुन्, तर सफल भएनन् ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको तयारीमा जुटिरहेको छ। टोलीको दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]
March 12, 2025
हिमाल खरेल, मेचीनगर सडनडेथमा धरान एफसीलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौँ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि निर्णय सडनडेथबाट लिइएको थियो । सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल […]
March 12, 2025
दिपक बोहोरा, पाँचथर सानदार प्रदर्शन गर्दै मच्छिन्द्र एफसी पाँचौं पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पथरी ११ एफसीलाई बुधवार ३-१ ले मच्छिन्द्र उपाधि नजिक पुगेको हो । फिदिम माविको खेलमैदानमा मच्छिन्द्रलाई जित दिलाउन विशाल घलान, स्टेफन र नवयुग श्रेष्ठले गोल गरे । खेलको २४औं मिनेटमा विशालको आकर्षक गोलबाट मच्छिन्द्रले सुरुवाती अग्रता लियो । प्रतिस्पर्धात्मक […]