5 years ago
February 3, 2020
काठमाडौं (हाम्रो खेलकुद) – युवा फरर्वाड अन्सु फातीको दुई गोलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आइतबार लेभान्तेलाई २-१ ले पराजित गरेको छ ।
खेलको सुरुवातदेखि नै बार्सिलोनाले लेभान्तेमाथि दवाव कायम गरेको थियो । खेल अवधिभर लेभान्तेले पनि पटक पटक बार्सिलोना डिफेन्सलाई दवाव दिएपनि सान्तवना गोलस्वरुप अन्तिम मिनेटमा मात्र गोल गर्न सक्यो । सुरुवाती मिनेटमा नै कप्तान लियोनेल मेस्सी र एन्टोइन ग्रिज्मनको प्रहारलाई गोलरक्षक आइटर फर्नान्डेजले बचाएका थिए ।
पहिलो हाफको ३० अौं मिनेटमा बार्सिलोनाले फातीको गोलमा अग्रता लिएको थियो । कप्तान मेस्सीले एकै पटक लेभान्तेका ७ डिफेन्डर बिट गरेर दिएको पासलाई फातीले एक डिफेन्डर काट्दै गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसको दुई मिनेट नबित्दै बार्सिलोनाको अग्रता दोब्बर भयो ।
कप्तान मेस्सीकै पासमा फातीले व्यक्तिगत दोस्रो गोल गर्न सफल भए । उनले मेस्सीले पेनाल्टी क्षेत्रको दायाँ भागमा दिएको पासमा गरेको शक्तिशाली प्रहार गोलरक्षक फर्नान्डेजले बचाउन सकेनन् । मेस्सीकै पासमा नेल्सन सेमेडोले बार्सिलोनालाई ३-० को अग्रता दिलाउने अवसर गुमाए ।
दोस्रो हाफमा लेभान्तेले खेलमा फर्कने अवसर पाएपनि गोलरक्षक टेर स्टेगन बाधक बनिरहे । इन्ज्युरी समयमा रुबेन रोसिनाको प्रहार डिफ्लेक्ट हुँदै गोल भएपनि बार्सिलोना अग्रता कायम राख्न भने सफल भयो ।
यस जितसँगै बार्सिलोनाले शीर्षस्थानमा रहेको रियल म्याड्रिडसँग अंकको दुरी घटाएको छ । रियलको २२ खेलमा ४९ अंक छ भने बार्सिलोनाको २२ खेलमा ४६ अंक छ ।
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]