default_image

9 years ago

July 10, 2016

आयोजक फ्रान्स र पोर्चुगल युरोपियन च्याम्पियनसिप उपाधिका लागि भिड्दै

133 views

0 Bookmark

पेरिस(एजेन्सी)- आज हुने युरो कप २०१६को फाईनलमा आयोजक राष्ट्र फ्रान्स र पोर्चुगल भिड्दै छन । दुबै चोटी घरमा युरो जितेको फ्रान्सलाई घरेलु मैदानमा ह्याट्रीक गर्ने मौका पनि छ भने पोर्चुगललाई पहिलो चोटी कुनै ठुलो उपाधी जित्ने मौका रहेको छ । 

France vs Portugal

पोर्चुगलले पछील्लो ४० बर्षमा फ्रान्ससँग भएको दस वटा खेलमा जित हात पार्न सकेको छैन भने, पोर्चुगल यस प्रतियोगिताको एक मात्र अपराजित टोली हो ।  आज हुने खेलमा पोर्चुगलका अनुभवी डिफेडर पेपेले पुनरागमन गर्ने छन उनले वेल्स बिरुद्को खेल चोटका कारण गुमाएका थिए भने प्रतिबन्धका कारण सेमी फाइनल गुमाएका कार्भल्हो पनि आज खेल्न सक्ने छन । आयोजक टोली फ्रान्सले भने प्रतियोगिता भर कुनै पनि चोट र प्रतिबन्ध खेप्न परेको छैन ।

प्रि म्याच कन्फ्रेन्समा के भने प्रशिक्षकले ?

फर्नान्डो सान्तोस (पोर्चुगल): मैले पहिले पनि भनेको थिए हाम्रो लक्ष्य फाईनल खेलेर जित्ने हो, हामी पोर्चुगिच जनतालाई खुशी देख्न चाहान्छौ । मलाई फ्रान्सको बारेमा बोल्नु छैन, मैले प्रतियोगिताको सुरुबाट बोल्दै आईरहेको छु फ्रान्स, जर्मनी र स्पेन प्रमुख दबेदार हुन भनेर । म आजको खेलमा मेरो खेलाडिहरुबाट पूर्ण अपेक्ष्या राख्दछु ।

डिडिएर डेसच्याम्पस् (फ्रान्स): पोर्चुगोलको टिम निकै राम्रो छ, दुइ-तीनजना खेलाडी आफैमा खेल जिताउन सक्षम छन । पोर्चुगल र फ्रान्स दुबैको पहिलो राउन्ड्को खेलमा आलोचना भएको थियो तर आज हामी दुबै फाइनल मा छौ । दुबै टोली राम्रो भएकोले खेल प्रतिस्पर्धात्मक हुने छ । मैले खेलाडिको रुपमा जिती सकेकोले पनि म आज आफ्नो आनुभव प्रयोग गर्ने छु ।

 

March 12, 2025

आयोजक काँकरभिट्टा मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर सडनडेथमा धरान एफसीलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौँ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि निर्णय सडनडेथबाट लिइएको थियो । सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल […]

March 12, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको फाइनलमा

दिपक बोहोरा, पाँचथर सानदार प्रदर्शन गर्दै मच्छिन्द्र एफसी पाँचौं पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पथरी ११ एफसीलाई बुधवार ३-१ ले मच्छिन्द्र उपाधि नजिक पुगेको हो । फिदिम माविको खेलमैदानमा मच्छिन्द्रलाई जित दिलाउन विशाल घलान, स्टेफन र नवयुग श्रेष्ठले गोल गरे । खेलको २४औं मिनेटमा विशालको आकर्षक गोलबाट मच्छिन्द्रले सुरुवाती अग्रता लियो । प्रतिस्पर्धात्मक […]

March 12, 2025

सरस्वतीको सुखद सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- सरस्वती युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। सरस्वतीले आज बाँसबारी क्लबलाई २-१ ले हरायो। यो सँगै सरस्वतीले ३ अंक जोडेको छ। एन्फा कम्प्लेक्समा भएको खेलको ३३ औं मिनेटमा सविन लुंगेली मगरले गोल गरेपछि यो सरस्वतीले पहिलो हाफमा १-० कि अग्रता बनायो। ५१ औं मिनेटमा धिरेन्द्र बहादुर शाहले […]

Success

Thank you for your time.