5 years ago
February 2, 2020
एजेन्सी – पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेजले इंग्लिस प्रिमियर लिगमा ‘डेब्यु’ गरेको खेलमा म्यानचेस्टर युनाइटेड वल्भ्ससँग बराबरीमा रोकिएको छ । शनिबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाईटेडले उल्भ्ससँग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।
घरेलु मैदानमा बल पोजेसन राखेपनि वल्भ्समाथि कुनै गतिलो आक्रमण बुन्न नसक्दा युनाइटेडले गोल गर्न असफल बन्दा बराबरीमा रोकिन बाध्य बन्यो । खेलको पाँचौ मिनेटमा रोमेन सेइसको कर्नर बारमा लागेर फर्कदा वल्भ्सले खेलमा अग्रता बनाउनबाट चुक्यो । २०औं मिनेटमा माट दोहर्थीको अर्काे कर्नरलाई युनाइटेडका गोलरक्षक डेभिड डि गेयाले बचाए ।
३३औं मिनेटमा विन्टरमा युनाइटेड आएका ब्रुनो फर्नान्डेजले गरेको प्रहार पोस्टबाट थोरै बाहिरियो । ३९औं मिनेटमा लुका साको पासमा फर्नान्डेजको अर्काे प्रहारले पोस्टको गति लिन सकेन । ५०औं मिनेटमा डिएगो जोटाको ब्याक हिल प्रहारलाई आरोन वान विशाखाले क्लियर गरिदिए ।
५८औं मिनेटमा फर्नान्डेजको फ्रिकिकलाई वल्भ्सका गोलरक्षक रुइ प्याट्रिसियोले बचाए । ६०औं मिनेटमा हुवान माटाको प्रहार पोस्टमा लागेर फर्कदा युनाइटेड अग्रता लिनबाट चुक्यो । ७२औं मिनेटमा एन्ड्रिएस पेरेराको प्रहारलाई गोलरक्षक प्याट्रिसियोले बचाए ।
७८औं मिनेटमा मासन ग्रीनवुडको प्रहारमा प्याट्रिसियो पुनः बाधक बन्दा युनाइटेड चुकचुकायो । इन्ज्युरी समयमा युनाइटेडले लगातार आक्रमण बुनेपनि युनाइटेडले वल्भ्सको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । विन्टरमा ६८ मिलियन पाउण्डमा युनाइटेड आएका फर्नान्डेजले प्रभाव देखाउन असफल रहे ।
बराबरीपछि युनाइटेड २५ खेलबाट ३५ अंक जोडेर छैटौ स्थानमा रहेको छ । ३५ अंक नै रहेको वल्भ्स सातौ स्थानमा छ । ओले गुनर सोल्सायरको टिमले पछिल्ला पाँच खेलमा मात्र चार अंक बटुलेको छ ।
यस्तै शनिबार राति नै भएको खेलमा चेल्सी र लेष्टर सिटीले २–२ गोलको बराबरी खेल्दै अंक बाडेको छ । चेल्सीका लागि दुवै गोल एन्टेनियो रुडिगरले गरे । लेस्टरका हार्भे वार्नेस र बिन चलिवालले गोल गरे । बराबरीसँगै चेल्सी २५ खेलमा ४१ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । लेष्टर ४९ अंक जोडेर तेस्रो स्थानमा छ ।
अन्य नतिजा
बर्नमाउथविरुद्ध एस्टन भिल्ला (२–१)
क्रिस्टल प्यालेसविरुद्ध सेफिल्ड युनाइटेड (०–१)
लिभरपुलविरुद्ध साउथ ह्याम्पटन (४–०)
न्यु क्यासलविरुद्ध नर्विच सिटी (०–०)
वाटफोर्डविरुद्ध एभर्टन (२–३)
वेस्टह्यामविरुद्ध ब्राइटन (३–३)
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]