default_image

5 years ago

February 2, 2020

मेइन्जलाई हराउदै बायर्न शीर्षस्थानमा उक्लियो

56 views

0 Bookmark

एजेन्सी – डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख जर्मन बुन्डेस लिगाको शीर्षस्थानमा पूनरागमन गरेको छ । घरेलु टोली मेइन्जमाथि ३–१ को जित निकाल्दै बायर्नले शीर्षस्थानमा पूनरागमन गरेको हो ।

शनिबार राति बायर्नले जित निकाल्दा शीर्षस्थानमा रहेको आरबी लेइजिग बोरुसिया मोन्चेनग्लाडवाचसँग बराबरीमा रोकिएपछि बायर्नले शीर्षस्थानमा पूनरागमन गर्न सफल भएको हो । बायर्नको २० खेलबाट ४२ अंक छ । उति नै खेलबाट आरबी लेइपजिगको ४१ अंक छ ।
घरेलु टोलीविरुद्ध बायर्नको जितमा रोवर्ट लेवान्डोस्की, थोमस मुलर र थियागो अलकान्ताराले गोल गरे । मेइन्जका जेरी जस्टेले सान्त्वना गोल फर्काए ।

बायर्नले खेलको २६ मिनेट भित्रै ३–० को आरामदायी अग्रता बनाएको थियो । आठौं मिनेटमा बेन्जामिन पाभार्डको पासमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । यो उनको जारी बुन्डेस लिगाको २२औं गोल हो ।  १४औं मिनेटमा थोमस मुलरले लियोन गोरेट्काको पासमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । २६औं मिनेटमा अलफोन्सो डेभिसको पासमा थियागो अलकान्ताराले गोल गरेपछि बायर्नले २६ मिनेटभित्रै ३–० को आरामदायी अग्रता बनायो ।

४५औं मिनेटमा घरेलु टोलीका जेरीले एक गोल गर्दै खेलमा फर्कने संकेत दिएका थिए । तर, त्यसपछि दोस्रो हाफमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपछि गोल निस्कन नसक्दा बायर्न ३–१ ले विजयी हुन सफल भयो ।

अर्काे खेलमा आरबी लेइपिजिग र बोरुसिया मोन्चेनग्लाडवाचले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे । बराबरीपछि लेइपजिगले शीर्षस्थान गुमायो । मोन्चेनग्लाडवाच ३९ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

लेइपजिगले २–० ले पछि परेको अवस्था उल्ट्याउदै बराबरी गर्न सफल भएको हो । आरबी लेइपजिगका प्याट्रिक सेचिक र क्रिस्टोफोर एनकुन्कुले गोल गरे । मोन्चेनग्लाडवाचका एलासेन प्लिए र जोनस होफमानले गोल गरे । ६१औं मिनेटमा मोन्चेनग्लाडवाच १० खेलाडीमा समेटिएको थियो ।

March 10, 2025

कपिलवस्तु ११ सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]

March 10, 2025

बिबिसीले श्री कुमारीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

Success

Thank you for your time.