5 years ago
February 2, 2020
एजेन्सी – फ्रेन्च लिग वानमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ । घरेलु मैदानमा ९ खेलाडीमा समेटिएको मोन्टपिलिएरमाथि ५–० को फराकिलो जित निकालेको हो ।
घरेलु मैदान पार्क डि प्रिन्सेसमा पीएसजीको फराकिलो जितमा पाब्लो साराविया, एन्जल डि मारिया, केलियन एमबाप्पे र लेभिन कुर्जावाले गोल गरे । एक गोल उपहार पाएको थियो । खेलको आठौं मिनेटमा सारावियाको गोलबाट पीएसजीले खेलमा अग्रता बनायो ।
१७औं मिनेटमा मोन्टपिलिएर १० खेलाडीमा समेटियो । दिमित्री बर्टाउडले एमबाप्पेमाथि गम्भीर फउल गरेपछि रेफ्रीले सिधै रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए । त्यसको फाइदा पीएसजीले लिन सफल भयो ।
४१औं मिनेटमा पहिलो खेलमा गोल गरेका सारावियाको पासमाडि मारियाले गोल गर्दै पीएसजीलाई २–० को अग्रता दिलाए । ४४औं मिनेटमा ड्यानिएल कन्ग्रेले आत्मघाती गोल गरेपछि पीएसजीले पहिलो हाफमै ३–० को आरामदायी अग्रता बनायो ।
डि मारियाको कर्नरलाई क्लियर गर्न खोज्दा ड्यानिएलले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । ५७औं मिनेटमा केलियन एमबाप्पेले गोल गरेपछि पीएसजीले खेलमा ४–० को फराकिलो अग्रता बनायो । एमबाप्पेले नेयमारको पासमा गोल गरेका थिए । त्यसपछि एमबाप्पेलाई प्रशिक्षक टुचेलले परिवर्तन गर्दा दुईबीच टचलाइनमा भनाभन भएको थियो ।
६५औं मिनेटमा लेभिन कुर्जावाले गोल गर्दै पीएसजीलाई ५–० ले अघि बढाए । ८८औं मिनेटमा मोन्टपिलिएर ९ खेलाडीमा समेटियो । जोरिस चोटार्ड दोहोरो रातो कार्ड खादै मैदानबाट बाहिरिए । जोरिस ६४औं मिनेटमा फ्लोरेन्ट मोलेटको स्थानमा मैदान प्रवेश गरेका थिए । ९०औं मिनेटमा एडन्सिन काभानीको गोल भिएआरबाट अफसाइड ठहरिएपनि पीएसजीले ५–० को सानदार जित निकाल्न सफल भयो ।
जितसँगै पीएसजीले २२ खेलाबाट ५५ अंक जोडेर शीर्षस्थानमा पकड बनाएको छ । पीएसजीले दोस्रो स्थानको मार्सेलीलाई १३ अंकले पछि पारेको छ । एक खेल कम खेलेको मार्सेलीको ४२ अंक छ । पराजित मोन्टपिलिएर ३३ अंक जोडेर पाँचौ स्थानमा छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]