default_image

5 years ago

February 2, 2020

सलाहको दुई गोलमा लिभरपुलको सानदार जित

74 views

0 Bookmark

एजेन्सी – साउथ ह्याम्पटनमाथि सानदार जित निकाल्दै मर्सिसाइड क्लब लिभरपुल इंग्लिस प्रिमियर लिगको उपाधितर्फ अग्रसर भएको छ । घरेलु मैदानमा लिभरपुलले साउथह्याम्पटनमाथि ४–० को सानदार जित निकाल्दै लिभरपुल उपाधितर्फ अघि बढेको हो ।

प्रिमियर लिगमा अब १४ खेल बाँकी छ । अपराजित रहेको लिभरपुलको २५ खेलबाट ७३ अंक छ । लिभरपुलले २४ खेलमा जित र एक बराबरीको नतिजा निकालेको छ । लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई २२ अंकले पछि पारेको हो ।

प्रिमियर लिग इतिहासमा कुनैपनि टोलीले शीर्षस्थानमा लिएको सर्वाधिक अंकको अग्रता यहि नै हो । यद्दपि सिटीले एक खेल कम खेलेको छ । सिटीको २४ खेलबाट ५१ अंक छ । पराजित साउथह्याम्पटन ३१ अंक जोडेर ११औं स्थानमा छ ।

एनफिल्डमा शनिबार राति भएको खेलमा लिभरपुलको सानदार जितमा मोहम्मद सलाहले दुई तथा एलेक्स अक्सलेड चेम्वरलेन र जोर्डन हेन्डरसनले समान एक गोल गरे । ब्राजिली फरवार्ड रोबर्टाे फिर्मिनोले ४ गोलमध्ये ३ गोलको लागि असिस्ट गरेका थिए ।

घरेलु मैदानमा साउथह्याम्पटनलाई दवावमा राखेपनि लिभरपुलले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । दोस्रो हाफको शुरुमै रोबर्टाे फिर्मिनोको पासमा चेम्वरलेनले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । ६०औं मिनेटमा फिर्मिनोकै पासमा कप्तान जोर्डन हेन्डरसनले गोल गरेपछि लिभरपुलले खेलमा २–० को अग्रता लिन सफल भयो ।

त्यसपछिको दुवै गोल सलाहको नाममा रह्यो । ७२औं मिनेटमा सलाहले कप्तान हेन्डरसनको पासमा गोल गरेपछि लिभरपुल फराकिलो जिततर्फ अग्रसर बन्यो । ९०औं मिनेटमा फिर्मिनोको पासमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ४–० को सानदार जित दिलाए ।

March 10, 2025

कपिलवस्तु ११ सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]

March 10, 2025

बिबिसीले श्री कुमारीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

Success

Thank you for your time.