5 years ago
February 1, 2020
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत सान्टियागो बर्नाबाउमा भएको म्याड्रिड डर्बीमा घरेलु टोली रियल म्याड्रिडले एटलेटिको म्याड्रिडलाई १-० ले पराजित गरेको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि खेलको दोस्रो हाफमा रियलले अग्रता लिएको थियो । खेलको ५६ औं मिनेटमा फ्रान्सेली फरवार्ड करीम बेन्जेमाले रियललाई अग्रता दिलाएका थिए । उनले फर्लान्ड मेन्डीको उत्कृष्ट क्रसमा गोल गर्दै घरेलु टोलीलाई अगाडी बढाएका थिए । बेन्जेमाले जारी लिगमा ५ खेलमा गोलविहिन रहेपछि गोल गरेका हुन् । उनले एटलेटिकोविरुद्ध घरेलु मैदानमा पनि पहिलो पटक गोल गरेका हुन् ।
रियलले दोस्रो हाफमा दुई खेलाडी परिवर्तन गरेपछि सुधारिएको प्रदर्शन गरेको थियो । इस्को र टोनी क्रुसको स्थानमा भिनीसियस जुनियर र लुकास भाज्केज आएपछि रियल जिततर्फ लम्किएको थियो । पहिलो हाफमा रियल दवावमा रहेपनि एटलटिकोले अग्रता लिन सकेको थिएन । अल्भारो मोराटा घाइते भएपछि घरेलु टोलीलाई केहि सहज भएको थियो ।
यस जितसँगै रियल म्याड्रिडले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ । रियलको २२ खेलमा ४९ अंक रहेको छ । दोस्रो स्थानको बार्सिलोनाले २१ खेलमा ४३ अंक जोडेको छ । बार्सिलोनाले आइतबार हुने खेलमा लेभान्तेको सामना गर्नेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]