default_image

5 years ago

February 1, 2020

हालान्ड चम्कँदा डर्टमुन्डको फराकिलो जित

106 views

0 Bookmark

एजेन्सी – नर्वेली युवा फरवार्ड एर्लीङ हालान्डले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा युनियन बर्लिनलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

डर्टमुन्डका लागि समग्रमा तेस्रो र पहिलो रोजाईमा रहेर डेब्यु गरिरहेका हालान्डले दुवै हाफमा १-१ गोल गरे । राफेल गुरेरोको पासमा जेडन सान्चोले गोल गर्दै घरेलु टोली डर्टमुन्डलाई अग्रता दिलाएका थिए । त्यसको ५ मिनेटपछि नै हालान्डले डर्टमुन्डको अग्रता दोब्बर पारे । उनले जुलियन ब्रान्टको पासमा गोल गरे ।

दोस्रो हाफको ६८ औं मिनेटमा कप्तान मार्को रिउसले पेनाल्टीमा गोल गर्दै डर्टमुन्डको जित सुनिश्चित गरे । त्यसको दुई मिनेट नबित्दै सान्चोको पासमा मिडफिल्डर एक्सल विटसलले गोल थप्दै ४-० को अग्रता दिलाए । ७६ औं मिनेटमा ब्रान्टकै पासमा हालान्डले व्यक्तिगत दोस्रो गोल गरे ।

हालान्डले डर्टमुन्ड आएयता टोलीका लागि ३ खेलमा ७ गोल गरिसकेका छन् । उनले यसक्रममा मात्र १ सय ३५ मिनेट खेलेका छन् । १९ वर्षीय फरवार्डले ७ गोल गर्ने क्रममा मात्र ८ सट प्रहार गरेका छन् ।

यस जितसँगै तेस्रो स्थानमा रहेको डर्टमुन्डले लिगको २० खेलमा ३९ अंक जोडेको छ । शीर्षस्थानमा रहेको लाइप्जिगले १९ खेलमा ४० तथा दोस्रो स्थानको बायर्नले १९ खेलमा ३९ अंक जोडेको छ । चौथो स्थानको बोरुसिया मोन्चेनग्लाडबाकको १९ खेलमा ३८ अंक छ ।

March 10, 2025

कपिलवस्तु ११ सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]

March 10, 2025

बिबिसीले श्री कुमारीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

Success

Thank you for your time.