5 years ago
February 1, 2020
एजेन्सी – इटालियन सिरी ‘ए’ क्लब युभेन्टस तथा जर्मनीका मिडफिल्डर इम्री क्यान जर्मन बुन्डेस लिगा क्लब बोरुसिया डर्टमन्ड फर्किएका छन् । क्यानलाई २५ मिलियन पाउन्डमा विन्टर सिजनको अन्तिम दिन डर्टमन्डले क्लबमा अनुबन्ध गरेको हो ।
क्यानलाई म्यानचेस्टर युनाइटेड, टोटेनहम हस्टपर, आर्सनल र पुर्व क्लब बायर्न म्युनिखले अनुबन्धको लागि चासो देखाएपनि डर्टमन्डले बाजी मारेको हो । डर्टमन्डले क्यानलाई सुरुवातमा लोनमा र त्यसपछि स्थायी हुने गरी २५ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो ।
क्यानले युभेन्टसको अफरलाई अस्वीकार गर्दै डर्टमन्ड रोजेको हो । डर्टमन्डले यसअघि नर्वेका १९ वर्षीय युवा प्रतिभा अर्लिङ हाल्यान्डलाई रेडबुल साल्जवर्गबाट अनुबन्ध गरेको थियो । उनले शुरुवाती दुई खेलमा सब्सिच्युट खेलाडीको रुपमा मैदानमा प्रवेश गर्दै ५ गोल गरेर आफ्नो प्रभाव जमाएका छन् ।
यससँगै क्यान आफ्नो घर फर्कने भएका छन् । बायर्न म्युनिखबाटै व्यावसायिक करियर शुरु गरेका क्यानले बायर्न म्युनिख र बायर लिभरकुसेनबाट खेलेका थिए । लिभरकुसेनबाट २०१४ मा क्यान इंग्लिस क्लब लिभरपुल पुगेका थिए ।
२६ वर्षीय क्यान २०१८ मा लिभरपुल छाड्दै युभेन्टस पुगेका थिए । उनले सिरी ‘ए’ मा मात्रै आठपटक सुरुवातमा मौका पाएका छन् । डर्टमन्ड बुन्डेस लिगाको चौथो स्थानमा छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]