5 years ago
February 1, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले अप्रत्यासित रुपमा कंगोका फरवार्ड सेड्रिक बकम्बुको अनुबन्धलाई लत्याएको छ । बकम्बुलाई बार्सिलोनाले लोनमा अनुबन्ध गर्ने पक्का भएसँगै प्रशिक्षण क्याम्पमा दक्षिण कोरियामा रहेका उनी मेडिकल र सम्झौताका लागि स्पेन उडिसकेका थिए ।
तर, क्लबका स्पोर्टिङ डाइरेक्टर एरिक अबिडालले फोनमार्फत उनको सम्झौता रद्ध भएको बताए । जतिबेला उनी दक्षिण कोरियाबाट हङकङ ट्रान्जिट पुगेका थिए । २८ वर्षीय बकम्बु अहिले चिनियाँ लिग क्लब बेइजिङ गुओनबाट खेलिरहेका छन् । चीनमा कोरोना भाइरसको सक्रमण बढेपछि चिनिया लिग स्थगित गरिएको छ । सोही कारण बेइजिङले दक्षिण कोरियामा प्रशिक्षण गरिहेका छन् ।
बार्सिलोना चोटका कारण टोली बाहिर रहेका उरुग्वेका फरवार्ड लुइस सुआरेजको विकल्पको खोजीमा छ । सुआरेजेको विकल्पमा बकम्बु अनुबन्ध गर्न चिनिया क्लब बेइजिङ र बार्सिलोनाबीच उनको सम्झौताबारे सहमति भइसकेको थियो ।
मेडिकल सफल भएको भए विन्टर सिजनको डेडलाइन डे मा उनी बार्सिलोना पुग्ने थिए । किके सेटिनको टोली बार्सिलोनामा जान इच्छुक बकम्बु स्पोर्टिङ डाइरेक्टर एरिक अबिडालको फोनसँगै बार्सिलोना जाने सपना भताभुङ्ग हुन पुग्यो ।
बार्साले क्लब ब्रागाका २० वर्षे फरवार्ड फ्रान्सिस्को ट्राइन्कोलाई २६.१ मिलियन पाउन्डमा अनुबन्ध गरेपनि उनले अर्काे समरसम्म कुर्नुपर्न भएको छ । फ्रान्सिस्को २०२५ को सिजनसम्म बार्सिलोनामा हुनेछन् ।
बार्सिलोनामा अनुबन्ध हुन असफल भएसँगै बकम्बुले सामाजिक सन्जाल ट्वीटरमा ट्रान्सफर मार्केट र बार्सिलोनाको ट्वीटर ह्यान्डललाई मेन्सन गर्दै आफ्नो स्थानान्तरण परिवर्तन गर्न र जे भएपनि प्रक्रियामा विश्वास लाग्ने बताउदै सबै चीजको लागि भगवानलाई धन्यवाद दिन चहान्छौं भनेका छन् । उनले एन्टोइन ग्रिजमनलाई मेन्सन गर्दै कुनै समयमा सँगै खेल्न सक्ने बताएका छन् ।
सोयाक्सबाट व्यवसायिक खेल करियर शुरु गरेका बकम्बुले बर्सास्पर र त्यसपछि २०१५ देखि १८ सम्म स्पेनिस क्लब भिल्लारियालबाट खेलेको थिए । २०१८ पछि बकम्बु चिनिया क्लबमा पुगेका थिए । उनले यो सिजन बेइजिङका लागि २६ खेलमा १६ गोल गर्दै ७ असिस्ट दिएका छन् ।
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]