default_image

5 years ago

January 31, 2020

लिस्वनका फर्नान्डेज म्यानचेस्टर युनाइटेडमा

104 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनका मिडफिल्डर ब्रुनो फर्नान्डेजलाई अनुबन्ध गरेको छ । युनाइटेडले फर्नान्डेजलाई साँढे ५ वर्षका लागि ६८ मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गर्न सफल भएको हो ।

यससँगै उनी २०२५ सम्म युनाइटेडमा रहनेछन् । युनाइटेडले फर्नान्डेजलाई अनुबन्ध गर्न यसै समरमा प्रयास गरेपनि असफल भएको थियो । विन्टर सिजनको दुई दिन बाँकी रहँदा अनुबन्ध गर्न सफल भएको हो । बिहीबारै उनको ओल्ड ट्राफोर्डमा रहेको एवान ट्रेनिङ कम्प्लेक्समा मेडिकलसँगै सम्झौता भएको थियो ।

सम्झौतासँगै फर्नान्डेजले जतिबेला आफ्ना स्टार आइकन क्रिस्टियानो रोनाल्डोले युनाइटेड खेल्दै गर्दा युनाइटेडप्रति साँच्चिकै प्रेम शुरु भएको र त्यसबेला देखि यो ठुलो क्लबको प्रशंसक रहेको बताए । ‘अब म्यानचेस्टर युनाइटेडका लागि खेल्न मेरो लागि अतुलनीय हुन्छ । यस क्षणमा पुग्न कडा मिहनेत गरेको छु ।’ सम्झौतापछि फर्नान्डेजले भने, ‘म क्लबका प्रशंसकहरुलाई के वचन दिन चहान्छु भने म मेरो तर्फबाट सक्दो प्रयास गर्नेछु । जसले हामीलाई थप सफलता र ट्रफीहरु ल्याउन मद्दत गर्नेछ ।’ उनले प्रशिक्षक ओले गनर सोल्सजर र क्लबले म प्रति ठुलो विश्वास देखाएकाले उनीहरुको विश्वास मर्न नदिने बताए ।

युनाइटेडका प्रशिक्षक ओले गनरले धेरै महिनादेखि प्रयास गरिएको र उनको आगमनमा सबै प्रभावित भएको बताएका छन् । उनले युनाइटेडमा आफ्नो गोल र खेल्ने तथ्यले प्रमाणित गर्ने थपे ।

यस सिजन फर्नान्डेजले लिस्वनबाट २८ खेलमा १५ गोल गरेका छन् । उनले लिस्वनका लागि १३७ खेलमा ६३ गोल र ५२ गोलका लागि पास उपलब्ध गराएका थिए ।  पोर्चुगलका लागि १९ खेल खेलिसकेका फर्नान्डेज सन् २०१९ को युएईएफए नेसन्स लिग जित्दा टिममा मुख्य खेलाडी रहेका थिए ।

२५ वर्षीय फर्नान्डेजले २०१२/१३ सिजनमा नोभार काल्सियोबाट खेल्दै व्यवसायिक यात्रा थालेका थिए । त्यसपछि उडिनेसी र साम्पडोरियाबाट खेलेका उनी २०१६/१७ को सिजनपछि लिस्वन पुगेका थिए ।

March 10, 2025

कपिलवस्तु ११ सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]

March 10, 2025

बिबिसीले श्री कुमारीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

Success

Thank you for your time.