5 years ago
January 31, 2020
एजेन्सी – कप्तान लियोनेल मेस्सी चम्किएपछि क्याटलान क्लब बार्सिलोनाले लेगानेसलाई हराउँदै स्पेनिस कोपा डेल रेको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । घरेलु मैदानमा बार्सिलोनाले लेगानेसमाथि ५–० को सानदार जित निकाल्दै अन्तिम आठको यात्रा तय गर्न सफल भएको हो ।
घरेलु मैदान नोउक्याम्पमा बार्सिलोनाको सानदार जितमा कप्तान मेस्सीको दुई गोलसँगै एन्टोइन ग्रिजमन, क्लेमन्ट लेङ्लेट र आर्थरले गोल गरे । पहिलो हाफमा २ तथा दोस्रो हाफमा ३ गोल सम्भव भएको थियो ।
खेलको चौथो मिनेटमा नै नेल्सन सेमेडोको पासमा ग्रिजमनले गोल गर्दै बार्सिलोनाले अग्रता बनाएको थियो । २८औं मिनेटमा लेङ्लेटले कप्तान मेस्सीको पासमा गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २–० को अग्रता बनायो ।
पहिलो हाफमा एक गोलका लागि असिस्ट गरेका कप्तान मेस्सी दोस्रो हाफमा छाए । ५९औं मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोना सहज जिततर्फ अग्रसर बन्यो । ७७औं मिनेटमा आर्थरले गोल गरेपछि बार्सिलोनाले खेलमा ४–० को आरामदायी अग्रता बनायो ।
खेल सकिन एक मिनेट बाँकी रहँदा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको ५–० को सानदार जित दिलाए । मेस्सीले इभान राकिटिकको पासमा गोल गर्न सफल भएका थिए ।
अर्काे खेलमा ला लिगा टोली सेभियालाई ३–१ ले पराजित गर्दै दोस्रो डिभिजनको मिरान्डेसले क्वाटरफाइनलको यात्रा तय गरेको छ । मिरान्डेसको जितमा म्याथ्युज एइएसले दुई तथा अल्भारो रेले एक गोल गरे ।
सेभियाका नोलिटोले एक गोल फर्काएपनि हार टार्न सकेन । यससँगै कोपा डेल रेको क्वाटरफाइनलमा पुग्ने आठ टोलीको टुंगो लागेको छ ।
क्वाटरफाइनल पुग्ने टोली
एथ्लेटिको बिल्वाओ, भ्यालेन्सिया, भिल्लारियल, ग्रानडा, रियल सोसिडाड, रियाल म्याड्रिड, बार्सिलोना र मिरान्डेस
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]