default_image

5 years ago

January 30, 2020

फियोरेन्टिनालाई हराउदै इन्टर सेमिफाइनलमा

86 views

0 Bookmark

एजेन्सी – सिरी ‘ए’ प्रतिद्धन्द्धी फियोरेन्टिनालाई हराउदै इन्टर मिलान कोपा इटालिया कपको को सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु टोली मिलानले फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो ।

मिलानको जितमा एन्टेनियो क्यानड्रेभा र निकोलो बारेलाले गोल गरे । पाहुना टोलीका मार्टिन कासर्सले एक गोल फर्काए । यसै खेलमार्फत क्रिस्टियन इरिक्सन र भिक्टर मोसेसले इन्टरका लागि ‘डेब्यु’ गरे ।

इरिक्सन इंग्लिस क्लब टोटेनहम हस्टपरबाट तथा मोसेस लोनमा इंग्लिस क्लब चेल्सीबाटै यसै विन्टरमा इन्टरमा पुगेका थिए ।  इरिक्सनले ६६औं मिनेटमा एलेक्सिस सान्चेजको स्थानमा तथा मोसेसले ७४औं मिनेटमा एन्टेनियो क्यानड्रेभाका स्थानमा मैदानमा प्रवेश गर्दै इन्टरबाट सिरी ‘ए’ मा डेब्यु गरे ।

प्रतिस्पर्धात्मक खेलको ४४औं मिनेटमा एन्टेनियो क्यानड्रेभाले लोउटारो मार्टिनेजको पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ६०औं मिनेटमा मार्टिनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

६७औं मिनेटमा निकोलोले गोल गर्दै इन्टरलाई खेलमा २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा इन्टर विजयी हुदै सेमिफाइनलमा पुग्न सफल भयो ।

अब इन्टरले सेमिफाइनलमा नेपोलीको सामना गर्नेछ । खेल १३ फ्रेब्रुअरीमा हुनेछ । अर्काे सेमिफाइनलमा एसी मिलान र युभेन्टसबीच खेल हुनेछ ।

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

Success

Thank you for your time.