default_image

5 years ago

January 30, 2020

युनाइटेडसँग हारेपनि सिटी फाइनलमा

87 views

0 Bookmark

एजेन्सी – म्यानचेष्टर डर्बीमा इंग्लिस फुटबल लिग (इएफल) कप अर्थात कारवाओ कपको दोस्रो लेगमा युनाइटेडसँग पराजित भएपनि म्यानचेस्टर सिटी फाइनलमा प्रवेश गर्न सफल भएको छ ।

घरेलु मैदानमा सिटी युनाइटेडसँग १–० ले पराजित भएपनि समग्रमा ३–२ को जितसहित फाइनल यात्रा तय गरेको हो । सिटीले पहिलो लेगमा ३–१ को जित निकालेको थियो । दोस्रो लेगमा १० खेलाडीमा समेटिएको युनाइटेडसँग पराजित भएपनि पहिलो लेगमा लिएको अग्रता सिटीलाई फाइनल पुग्न पर्याप्त बन्यो ।

इतिहाद स्टेडियममा युनाइटेडको जितमा नेमन्जा माटिचले विजयी गोल गरे । उनले खेलको ३५ औ मिनेटमा गोल गरेका थिए । उनले फ्रेडको फ्रिकिकलाई सिटीका डिफेन्डरले क्लियर गर्न नसक्दा रिवाउन्डमा नेमान्जाले भलीमार्फत गोल गर्न सफल भएका थिए ।

तर, माटिच ७६औं मिनेटमा दोहोरो पहेँलो कार्डसहित रातो कार्ड खाँदै मैदान बाहिरिएपछि युनाइटेडले १० खेलाडीमा समेटिएको थियो । तर, त्यसको फाइदा सिटीले उठाउन सकेन ।

सिटीले अब उपाधिका लागि मार्च १ मा एस्टन भिल्लासँग वेम्वली मैदानमा खेल्नेछ । एस्टन भिल्लाले मंगलबार राति लेस्टर सिटीलाई समग्रमा ३–२ ले पराजित गर्दै फाइनलमा स्थन बनाएको थियो ।

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

Success

Thank you for your time.