9 years ago
July 8, 2016
इटालियन क्लब लाजियोका नवनियुक्त म्यानेजर मार्को बिएल्साले नियुक्त भएको दुइ दिनमै क्लब छाडेका छन्।
अर्जेन्टिनाको राष्ट्रिय टोलीको लामो समय प्रशिक्षक रहेका बिएल्साले चिलीको टिम पनि सम्हालेका थिए। स्पेनी क्लब एस्पन्योल र अथेल्तिक बिल्बाओ पनि हेरेका उनले दुइ दिन अघिमात्र लाजियो संग अनुबन्धन गरेका थिए।
लाजियोले आफ्नो वेबसाइटमा जनाए अनुसार बिएल्साले दोश्रो दिनमै राजिनामा बुझाएका हुन् र क्लबले हालसम्म केहि कारण पाएको छैन। क्लबले बिएल्सा विरुद्ध कानुनी प्रक्रिया अघि बढाएको पनि बताएको छ।
बिएल्सा पुन: अर्जेन्टिनाको मुख्य प्रशिक्षक बन्न सक्ने मिडियाहरुले जनाएका छन्।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको तयारीमा जुटिरहेको छ। टोलीको दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]
March 12, 2025
हिमाल खरेल, मेचीनगर सडनडेथमा धरान एफसीलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौँ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि निर्णय सडनडेथबाट लिइएको थियो । सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल […]
March 12, 2025
दिपक बोहोरा, पाँचथर सानदार प्रदर्शन गर्दै मच्छिन्द्र एफसी पाँचौं पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पथरी ११ एफसीलाई बुधवार ३-१ ले मच्छिन्द्र उपाधि नजिक पुगेको हो । फिदिम माविको खेलमैदानमा मच्छिन्द्रलाई जित दिलाउन विशाल घलान, स्टेफन र नवयुग श्रेष्ठले गोल गरे । खेलको २४औं मिनेटमा विशालको आकर्षक गोलबाट मच्छिन्द्रले सुरुवाती अग्रता लियो । प्रतिस्पर्धात्मक […]