5 years ago
January 30, 2020
एजेन्सी – स्पेनिस कोपा डेल रे अन्तर्गत बुधबार रियल म्याड्रिडले रियल जारागोजाको मैदानमा ४-० को सानदार जित दर्ता गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । रियलको जितमा दुवै हाफमा २-२ गोल सम्भव भएको थियो ।
खेलको छैटौं मिनेटमा रियलले राफेल भारानको गोलमा अग्रता लिएको थियो । टोनी क्रुसको क्रसमा भिनिसियस बिट हुँदा फार पोस्टमा रहेका भारानले सहजै गोल गरे । पहिलो हाफको मध्यतिर जारागोजा बराबरी गर्नबाट बञ्चित भयो । मिडफिल्डर सिन्जि कागावाको प्रहारलाई गोलरक्षक अल्फोन्स आरीअोलाले उत्कृष्ट बचाउ गरे ।
जारागोजाले लगातार दवाव कायम गरिरहँदा नै रियलले पुन: खेलमा पकड बनायो । ३२ अौं मिनेटमा मिगुएल लारानेसबाट क्रुसले मिडफिल्डमा बल खोस्दै लुकास भाज्केजलाई दिएको पासमा भाज्केजले गोल गरे ।
दोस्रो हाफको सुरुवात देखिनै जारागोजाले केहि दवाव सिर्जना गर्यो । तर आरीअोला लगातार बाधक बन्दा कुनै गोल निस्केन । ७२ अौं मिनेटमा भिनिसियसले गोल गर्दै रियलको जित सुनिश्चित गरे । उनले हामेस रोड्रीग्वेजसँग १-२ पास खेल्दै गोलरक्षकलाई चिप गर्दै अग्रता बढाए ।
वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका फ्रान्सेली फरवार्ड करीम बेन्जेमाले ८० अौं मिनेटमा ४-० को स्कोर बनाए । उनले ड्यानी कार्भाजलको उत्कृष्ट क्रसमा गोल गरे ।
यससँगै रियल अन्तिम ८ मा प्रवेश गरेको छ । प्रतियोगिताको आज हुने खेलमा बार्सिलोनाले लेगानेसको सामना गर्नेछ ।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]