5 years ago
January 29, 2020
एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी लेस्टर सिटीलाई पराजित गर्दै एस्टन भिल्ला इंग्लिस फुटबल लिग (इएफल) कप अर्थात कारवाओ कपको फाइनलमा प्रवेश गर्न सफल भएको छ । घरेलु मैदानमा लेस्टरलाई २–१ ले पराजित गर्दै भिल्लाले फाइनल यात्रा तय गरेको हो ।
समग्रमा भिल्लाले ३–२ को जित निकाल्दै उपाधि नजिक पुगेको हो । पहिलो लेगमा भिल्ला लेस्टरसँग १–० ले पछि परेको थियो । घरेलु मैदान भिल्ला पार्क बर्मिङघममा मंगलबार राति भएको खेलमा भिल्लाको जितमा माट टारगेट र ट्रेजीग्वेटले गोल गरे । लेस्टरका केलिची इहेनाचोले एक गोल फर्काए ।
खेलको १२औं मिनेटमा माट टारगेटको गोलबाट लेस्टरले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । उनले ज्याक ग्रियालिसको पास गोल गर्न सफल भएको थियो । ७२औं मिनेटमा केलिची इहेनाचोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले हार्वे वारनेसको पासमा गोल गर्न सफल भएका थिए ।
इन्ज्युरी समयमा ट्रेजीग्वेटले एहमेद अल महामादीको पासमा गोल गर्दै भिल्लाको २–१ को जित पक्का गरे । त्यसपछि थप गोल निस्कन नसक्दा भिल्लाले समग्रमा ३–२ को जित निकाल्दै फाइनलमा पुग्न सफल भयो ।
अर्काे सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३–१ ले पराजित गरेको थियो । दोस्रो लेग आज राति सिटीको मैदानमा हुदैछ । फाइनल पुग्न सिटीलाई बराबरी पर्याप्त रहँदा युनाइटेडलाई फाइनल प्रवेशको लागि कम्तीमा पनि ३–० को जित आवश्यक छ ।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]