default_image

5 years ago

January 29, 2020

ज्लाटनको गोलसँगै मिलान सेमिफाइनलमा

138 views

0 Bookmark

एजेन्सी – भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचको निर्णायक गोलमा एसी मिलान कोपा इटालिया कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मिलानले अतिरिक्त समयमा टोरिनोमाथि ४–२ को जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भएको हो ।

घरेलु मैदानमा मंगलबार राति भएको खेलमा मिलानको जितमा हकान कल्हानोग्लुले दुई तथा जियाकोमो बोनाभेन्टुरा र ज्लाटनले समान १ गोल गरे । टोरिनोका ग्लेइसेन ब्रेमेरले दुवै गोल गरेपनि हार टार्न सकेन ।

खेलको १२औं मिनेटमा जियाकोमो बोनाभेन्टुराले एन्टी रेविको पासमा गोल घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ३५औं मिनेटमा ग्लेइसेन ब्रेमेरले सिमोन भर्डीको पासमा गोल गरेपछि पहिलो हाफ गोलको बराबरीमा टुंगिएको थियो ।

७१औं मिनेटमा ग्लेइसेन ब्रेमेरले ओला एइनाको पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि टोरिनो खेलमा अघि बढेको थियो । ९०औं मिनेटमा हकान कल्हानोग्लुले गोल गर्दै खेललाई अतिरिक्त समयमा लम्ब्याएला थिए ।

अतिरिक्त समयको १६औं मिनेट (१०६) मा हकान कल्हानोग्लुले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई खेलमा ३–२ ले अघि बढाए । त्यसको दुई मिनेटपछि ज्लाटनले गोल गर्दै मिलानलाई ४–२ को जित दिलाए । खेलदौरान दुर्घटनामा ज्यान गुमाएका बास्केटबल खेलाडी कोबी ब्रायन्टलाई पनि श्रद्दान्जली अर्पण फरिएको थियो । कोबी मिलानका समर्थक रहेका थिए ।

अब सेमिफाइनलमा मिलानले इटालियन च्याम्पियन युभेन्टसको सामना गर्नेछ । युभेन्टसले यसअघि रोमालाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । अर्काे सेमिफाइनलमा नेपोलीले इन्टर मिलान वा फियोरेन्टिनाबीचको विजेतासँग खेल्नेछ । नेपोलीले लाजियोलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

Success

Thank you for your time.