10 years ago
September 2, 2015
सर्वाधिक धनराशीको प्रथम सीएमसी भरतपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि योङस्टार कावासोतीले जितेको छ । वीरेन्द्र बहुमुखी क्याम्पस खेल मैदानमा वुधबार सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा बसन्तपुर युनाइटेड माडीविरुद्ध जित हात पार्दै योङस्टारले १ लाख ११ हजार १ सय ११ रुपैयासहितको उपाधि जितेको हो । दोस्रो भएको माडीले ५५ हजार ५ सय ५५ रुपैया पुरस्कार पाएको छ ।
निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि टाई–ब्रेकरमा योङस्टारले माडीलाई स्तब्ध पारेको हो । टाई–ब्रेकरमा योङस्टारले ५–४ को संघर्षपूर्ण जित निकालेको हो । योङस्टारका सबै खेलाडीले गोल गर्दा माडीका तर्फबाट अन्तिममा पेनाल्टी सुट हानेका सञ्जीव कार्कीले मिस गरे । दोस्रो भएको माडीले ५५ हजार ५ सय ५५ रुपैया पुरस्कार पाएको छ ।
खेलको पहिलो हाफमा योङस्टारका स्टार विष्णु गुरुङले गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए । तर, खेलको दोस्रो हाफको मध्यतिर माडीका टंक लामाको क्रसमा योङस्टारका सेन्टर डिफेन्डर सरोज दाहालले आत्मघाती गोल छिराएपछि माडीले खेल बराबरी गर्यो । त्यसपछि पाएका कयौं अवसर गुमाउादा खेल बराबरीमा टुंगिएको थियो । प्रतियोगिता भर उत्कृष्ट खेल्दै ४ गोल गरेका योङस्टारका विष्णु गुरुङ उत्कृष्ट खेलाडी बने ।
त्यस्तै योङस्टारकै किपर छिरिङ तामाङले उत्कृष्ट गोलरक्षकको उपाधि जिते । ह्याट्रिकसागै प्रतियोगिता भर ४ गोल गरेका भरतपुर फुटबल क्लबका राकेश गुरुङले उच्च गोलकर्ताको उपाधि पाए । उनीहरु तीनैजनाले जनही ५ हजार पुरस्कार पाए ।
विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई प्रमुख अतिथि चितवन मेडिकल कलेजका मेडिकल निर्देशक डा. दयाराम लम्साल, चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गंगालाल लामा, आयोजक संयुक्त एम्बुलेन्स चालक संघ नेपालका अध्यक्ष नवराज लामिछाने लगायतले पुरस्कार वितरण गरेका थिए ।
नकआउटका आधारमा खेलाइएको प्रतियोगितामा चितवन, नवलपरासी, रुपन्देही, हेटौंडा र पर्साका १२ टिम सहभागी थिए । सबै टिममा राष्ट्रियस्तरका क्लबबाट खेलेका खेलाडीहरु सहभागी थिए ।
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सुर्खेत जिल्ला फुटबल संघको विशेष साधारण सभाले दीलिप बस्याललाई अध्यक्ष निर्वाचित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। सुर्खेत जिल्ला फुटबल संघ लामो समयदेखि विवादित रहँदै आएको थियो। मंगलवार बसेको विशेष साधारण सभाले तत्कालिन अध्यक्ष रविन्द्र चन्दविरुद्ध अविश्वास प्रस्ताव पारित गर्दै उनलाई पदमुक्त गरेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको […]
April 30, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले युइएफए च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा आर्सनललाई १-० ले हराएको छ। इमिरेट्स स्टेडियममा मंगलवार भएको खेलमा ओउस्मान डेम्बेलेले गोल गर्दै पिएसजीलाई महत्त्वपूर्ण अग्रता दिलाए। डेम्बेलेले चौथो मिनेटमा गोल गर्दै दिलाएको अग्रतालाई पिएसजी जोगाउन सफल रह्यो । दोस्रो हाफमा खुट्टाको चोटका कारण डेम्बेले मैदान छाड्नु परेको थियो। उनले जारी सिजनमा […]
April 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बल (एपिएफ) प्रथम बागमती प्रदेश मुख्य मन्त्री कपको सेमिफाइनलमा प्रवेश गरेको छ। नुवाकोटको बट्टारमा जारी प्रतियोगिताको आज भएको क्वाटरफाइनलमा पदमा स्पोर्टस क्लबलाई ४-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । एपिएफको जितमा अनिता केसीले २ तथा रश्मि कुमारी घिसिङ र गीता रानाले समान १ गोल गरे। खेलको ११ औं […]