5 years ago
January 28, 2020
एजेन्सी – प्रिमियर लिग क्लब आर्सनल एफए कपको पाँचौं चरणमा प्रवेश गर्न सफल भएको छ । सोमबार राति भएको खेलमा आर्सनलले एएफसी बर्नमाउथलाई २–१ ले पराजित गर्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो ।
आर्सनलको जितमा बुकायो साका र इडी एनकेतिहाले गोल गरे । घरेलु टोलीका साम सुरिजले सान्त्वना गोल फर्काए । भिटालिटी स्टेडियमा खेलको पाँचौं मिनेटमा साकाले ग्याब्रियल मार्टिनेलीको पासमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । २६औं मिनेटमा एनकेतिहाले साकाको पासमा गोल गरेपछि आर्सनलले पहिलो हाफमा २–० ले अघि बढेको थियो ।
दोस्रो रोजाईका खेलाडीलाई कोर्टमा उतारेको आर्सनलले दोस्रो हाफमा पनि गोलको अवसर सिर्जना गरेपनि गोल गर्न भने असफल रह्यो ।
इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा बर्नमाउथका सब्सिच्युट खेलाडी साम सुरिजले सिमोन फ्रान्सिसको पासमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा आर्सनल २–१ ले विजयी हुन सफल भयो ।
अब आर्सनलको प्रि–क्वाटरफाइनलमा पोर्ट्समाउथको सामना गर्नेछ । एफएले सोमबार राति नै प्रि–क्वाटरफाइनको ‘ड्र’ सार्वजनिक गरेको छ । रिडिङ र कार्डिफले रिप्ले खेल्दै जित हात पार्ने टोलीले सेफिल्ड युनाइटेडसँग खेल्नेछ । श्रीउजवरी र लिभरपुलको विजेताले चेल्सीसँग खेल्नेछ । कोभेन्ट्री र बर्मिङघमको विजेताले लेस्टरसँग खेल्नेछ ।
यस्तै नर्थह्याम्पटन र डर्वीबीचको विजेताले म्यानचेस्टर युनाइटेडको तथा साउथह्याम्पटन र टोटेनहमको विजेताले अन्तिम १६ मा नर्विच सिटीको सामना गर्नेछ ।
एफए कप प्रि–क्वाटरफाइनल समीकरण
सेफिल्ड वेनस्डेविरुद्ध म्यानचेस्टर सिटी
रिडिङ/कार्डिफविरुद्ध सेफिल्ड युनाइटेड
चेल्सीविरुद्ध श्रीउजवरी/लिभरपुल
वेस्टब्रोमविरुद्ध न्यु क्यासल/अक्सफोर्ड
लेस्टरविरुद्ध कोभेन्ट्री/बर्मिङघम
नर्थह्याम्पटन/डर्वीविरुद्ध म्यानचेस्टर युनाइटेड
साउथह्याम्पटन/टोटेनहमविरुद्ध नर्विच सिटी
पोर्ट्समाउथविरुद्ध आर्सनल
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]