5 years ago
January 28, 2020
सोमबार दिउँसो राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत उपाधि होडमा रहेका मछिन्द्र र रुस्लान थ्री स्टारको खेल थियो । उक्त खेलमा मछिन्द्रका लागि सुरुवाती गोल गरेपछि युवा फरवार्ड रेजिन सुब्बाले गोलको खुसी मनाउने क्रममा एक हातले २ र अर्को हातले ४ को संकेत गरे ।
रेजिन खेलमा वैकल्पिक खेलाडीका रुपमा पहिलो हाफमा नै मैदान प्रवेश गरेका थिए । २८ औं मिनेटमा अनुभवी फरवार्ड दीपक राईको स्थानमा मैदान छिरेका उनले ९ मिनेटपछि नै गोल गरे । सोहि गोल मछिन्द्रको जितको आधार पनि बन्यो । रेजिन आफैंले भने पूरा ९० मिनेट खेल्न सकेनन् । ग्रोइनको चोटका कारण उनी १५ मिनेट बाँकी रहँदै बाहिरीए ।
खेलपछि उनलाई सोध्दा थाहा भयो उनले आइतबार हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका बास्केटबलका दिग्गज खेलाडी कोबी ब्रायन्टलाई आफ्नो गोल समर्पित गरेका थिए । आफ्नो सेलिब्रेसनबारे सोध्दा उनले भावुक हुँदै भने । ‘मैले विहान उठ्ने बितिक्कै नेयमारले कोबीलाई आफ्नो गोल समर्पित गरेको देखें । त्यसपछि समाचार पढ्दै जाँदा एकछिन त झसंग भएँ । के भन्ने थाहा नै भएन । समाचार पढ्दै जाँदा उनीबारे धेरै कुरा जान्ने मौका पाएँ । नेयमरले पनि गोल गरेपछि उनलाई समर्पित गर्दै यस्तो सेलिब्रेसन गरेको देखेको थिएँ । त्यसैले गोल गरेपछि उनलाई समर्पित गरेको हुँ,’ रेजिनले भने ।
रेजिनले कोबीको समाचार पढेपछि आफूलाई पनि मनमा निकै छोएको बताए । ‘ पछिल्लो केहि सातादेखि म एकदम फ्रस्ट्रेसनमा थिएँ । फुटबलबाट विश्राम लिउँ की भन्ने सोचसम्म पनि पुगेको थिएँ । तर आज विहानको खबरले मलाई ब्युँझाएको महसुस भएको छ,’ उनले थपे, ‘किन हो मलाई फेरी केहि गर्नुछ भन्ने आभास भएको छ । भित्र देखि नै खेल्ने इच्छा जागेको छ ।’
यू-१६ उमेर समूहसम्म नेपालको लागि लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका रेजिन क्लब फुटबलमा होमिएपछि त्यति जम्न सकेका छैनन् । उनको उत्कृष्ट प्रदर्शनमा त्यसबेला नेपाल लामो अन्तरालपछि एएफसी यू-१६ च्याम्पियनसिपको को अन्तिम चरणमा पुगेको थियो । तर एएफसीले बढी उमेरका खेलाडी खेलाएको भन्दै नेपाललाई प्रतियोगिताबाट निष्कासन गर्यो । त्यसपछि एन्फा एकेडेमी छोडेर उनी ब्वैअज युनियन क्लबबाट बी डिभिजन खेल्न लागे ।
बी डिभिजनमा उनीसँगै एकेडेमीबाट छुटेका अभिषेक रिजाल, मनीष थापा, लगायतका खेलाडी त थिए । तर रेजिनले खासै जम्न सकेनन् । लगातार चोटको समस्याले गुज्रेका उनलाई टोलीमा भिज्न समय लाग्यो । उनको भनाइ मान्ने हो भने फुटबलमा रुची नै कम हुन थालेको महसुस भएको थियो । त्यसपछि उनले थुप्रै मोफसल प्रतियोगितमा विभिन्न क्लबका लागि खेले । पछिल्लो सिजन ए डिभिजनमा नेपाल पुलिस क्लबको जर्सी पनि लगाए, तर रेजिनको त्यो स्तरको प्रदर्शन देखिएन ।
नेपाल यू-१९ को कप्तान समेत रहेका रेजिन दक्षिण एसियाली खेलकुदमा पनि टोलीमा थिए । उनले केहि खेल सुरुवाती रोजाईमा पनि खेले । तर रेजिनबाट जुन किसिमको प्रदर्शन अपेक्षा गरिन्छ, त्यो आउन सकिरहेको छैन । रेजिन आफैं पनि यसमा सहमत छन् । तर उनको भनाइ मान्ने हो भने सोमबार विहानको घटनाले उनलाई फरक महसुस भएको छ ।
सोमबार दिउँसो थ्री स्टारविरुद्ध पनि बेन्चमा रहेपनि उनी अवसर पाएमा सदुपयोग गर्न तयार थिए । दीपक राई घाइते भएपछि उनी वार्मअप गर्न बुद्ध चेम्जोङसँग पोस्ट पछाडी पुग्दा निकै उर्जाले भरिपूर्ण देखिन्थे । उनले मैदान प्रवेश गरेपछि प्रभाव त जमाए नै, गोल पनि गरे । चोटका कारण चाडैं मैदान छाडेपनि रेजिन अब त्यहाँ फर्कन आतुर छन् । उनलाई फेरी फुटबल खेल्न मन जागेको छ ।
यो पनि पढ्नुहोस :
February 24, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) को शिर्ष स्थानको लिभरपुल फुटबल क्लबले म्यानचेस्टर सिटीलाई हराएको छ । आइतवार राती भएको खेलमा लिभरपुलले सिटीलाई २-० गोलले पराजित गरेको हो । सिटीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीको जितमा मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । खेलको १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएको थियो । खेलको […]
February 24, 2025
एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]