5 years ago
January 27, 2020
एजेन्सी – प्रिमियर लिगका टोलीहरु म्यानचेस्टर सिटी र म्यानेचस्टर युनाइटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गर्दा लिभरपुलले रिप्ले खेल खेल्नुपर्ने भएको छ ।
आइतबार राति भएको खेलमा सिटीले १० खेलाडीमा सिमित फुलहमलाई ४–० ले पराजित गर्दै पाँचौं चरणमा पुग्न सफल भएको हो ।
सिटीको जितमा ब्राजिली ग्राबियल जिससले दुई तथा इकेए गुण्डोगान र बर्नाडो सिल्भाले गोल गरे । खेलको छैटौं मिनेटमा टिम रिआमले रातो कार्ड पाएपछि फुलहम १० खेलाडीमा समेटिएको थियो । त्यसको फाइदा सिटीले उठायो ।
सिटीका जिससलाई पेनाल्टी बक्सभित्र फउल गरेपछि रिआमले रातो कार्ड पाएका थिए । जसमा पाएको पेनाल्टीमा गुण्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । १९औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीको अग्रता २–० को बनाए । ७२औं मिनेटमा जिससले गोल गर्दा सिटीको अग्रता तेब्बर बनायो । ८५औं मिनेटमा जिससले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४–० को फराकिलो जितसँगै एफएकपको पाँचौ चरणमा पुग्न सफल भयो ।
यस्तै म्यानचेस्टर युनाइटेडले लिग वान क्लब ट्रान्मेरे रोभर्सलाई ६–० को भारी अन्तरले पराजित गर्दै पाँचौ चरणमा पुग्न सफल भयो । युनाइटेडको जितमा ह्यारी मिगुएर, डिगो डालोट, जेसे लिङ्गार्ड, फिल जोन्स, एन्थोनी मार्सियल र मासन ग्रीनवुडले गोल गरे ।
रोभर्सविरुद्ध युनाइटेडले पहिलो हाफमै ५–० को आरामदायी अग्रता बनाएको थियो । १०औं मिनेटमा मिगुएरले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । १३औं मिनेटमा डालोटले गोल गर्दै युनाइटेडलाई खेलमा २–० को अग्रता दिलाए ।
१६औं मिनेटमा लिङ्गार्डले गोल गर्दा युनाइटेड खेलमा ३–० ले अघि बढ्यो । ४१औं मिनेटमा जोन्सले तथा ४५औं मिनेटमा मार्सियलले गोल गरेपछि युनाइटेड पहिलो हाफमा ५–० को आरामदायी अग्रता बनायो । ५६औं मिनेटमा ग्रीनवुडले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई फराकिलो जित दिलाए ।
यता, प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुल एफए कप फुटबलको चौंथो चरणमा बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा लिभरपुल लिग वान क्लब श्रीउजबरी टाउनसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।
दोस्रो रोजाईका खेलाडीसहित मैदान उत्रिएको लिभरपुलले दुई गोलको अग्रता जोगाउन नसक्दा रिप्ले खेल खेल्नु पर्ने भएको हो । १५औं मिनेटमा कुर्टिस जोन्सले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । ४६औं मिनेटमा टाउनका डोनाल्ड लभले आत्मघाती गोल गर्दै लिभरपुल २–० ले अघि बढ्यो ।
६५औं मिनेटमा जासन कुमिङ्सले पेनाल्टीमा गोल गर्दै टाउनलाई खेलमा फर्काए । ७५औं मिनेटमा कुमिङ्सले व्यक्तिगत दोस्रो गोल गर्दै टाउनलाई हारबाट जोगाए । दोस्रो हाफमा मोहम्मद सलाह र रोबर्टो फिर्मिनोलाई मैदान पठाएपनि लिभरपुलले जित निकाल्न सकेन । बराबरीसँगै लिभरपुलले टाउनसँग पुनः खेल्नु पर्ने भएको छ । रिप्ले खेल लिभरपुलको मैदानमा हुनेछ ।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]