5 years ago
January 26, 2020
एजेन्सी – बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा फराकिलो जित निकालेको छ । बायर्नले साल्के–४ माथि ५–० को फराकिलो जित आत्मसात गरेको हो । फराकिलो जितसँगै बायर्नले शीर्षस्थानको आरबी लेइपजिगसँगको अंक दुरी १ मा झारेको छ ।
आरवी लेइपजिग शनिबार राति फ्रन्कफर्टसँग २–० ले पराजित भएको फाइदा उठायो । जितसँगै बायर्नको १९ खेलबाट ३९ अंक पुगेको छ । समान खेलबाटै आरबी लेइपजिगको ४० अंक छ । साल्को ३३ अंक जोडेर पाँचौ तथा फ्रन्कफर्ट २४ अंक जोडेर नवौं स्थानमा छ ।
घरेलु मैदानमा बायर्नको फराकिलो जितमा पाँच खेलाडीले गोल गरे । खेलको छैटौ मिनेटमा रोवर्ट लेवान्डोस्कीको गोलबाट बायर्न अघि बढेको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।
५०औं मिनेटमा लियोन गोरेट्ज्काले गोल गरेपछि बायर्न खेलमा ३–० ले अघि बढ्यो । ५८औं मिनेटमा थियागो अलकान्तारले गोल गर्दै बायर्नलाई फराकिलो जितपतर्m अग्रसर गराए । ८९औं मिनेटमा सर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई ५–० को सानदार जित दिलाए ।
अन्य नजिता
बोरुसिया मोन्चेनग्लाडवाचविरुद्ध मेइन्ज (३–१)
फ्रन्कफर्टविरुद्ध आरबी लेइपजिग (२–०)
फेयरवर्गविरुद्ध पाडेरवर्न (०–२)
युनियन बर्लिनविरुद्ध अग्सवर्ग (२–०)
वल्सवर्गविरुद्ध हर्था बर्लिन (१–२)
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]