default_image

5 years ago

January 26, 2020

झिनो जितसँगै चेल्सी एफए कपको पाँचौ चरणमा

63 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब चेल्सी एफए कपको पाँचौ चरणमा प्रवेश गर्न सफल भएको छ । चेल्सीले च्याम्पियनसिप क्लब हल सिटीलाई २–१ ले पराजित गर्दै एफए कपको पाँचौ चरणमा पुग्न सफल भएको हो ।

केसीओम स्टेडियममा शनिबार राति भएको खेलमा चेल्सीको जितमा मिचे बात्सुयाई र फिकायो तोमोरीले गोल गरे । हलका कामिल ग्रोसिकीले सान्त्वना गोल फर्काए । खेलको छैटौ मिनेटमा नै बात्सुयाईको गोलबाट अग्रता बनाएको थियो । कप्तान सिजर एजपिलिक्वेटाको क्रसमा मासन माउन्टको हेडरलाई ब्लक गरेपनि रायन ताफाजोलीबाट डिफ्लेक्सन भएको बललाई बात्सुयाईले गोलमा परिणत गरेका थिए ।

 

१६औं मिनेटमा रोस बार्कलेको प्रहारलाई हलका गोलरक्षकल बचाए । ३३औं माटियो कोभासिसको प्रहारलाई बचाउदा चेल्सी अग्रता दोब्बर पार्नबाट चुक्यो । ३५औं मिनेटा हलका टोम इभेसले बराबरीको अवसर खेर फाल्यो ।  ५९औं मिनेटमा जारोड वोवेनको प्रहार क्रसबारमा लागेर बाहिरियो । ६४औं मिनेटमा चेल्सीले अग्रता दोब्बर बनायो । रोस बार्कलेको फ्रिकिकलाई फिकायो तोमोरीले गोलमा परिणत गरेका थिए । ७०औं मिनेटमा चेल्सीका विलियन चुके ।

७८औं मिनेटमा घरेलु टोलीले एक गोल गर्दै खेलमा फर्कने संकेत दिए । कामिल ग्रोसिकीको फ्रिकिक डिफ्लेक्ट भएर आएको बललाई उनैले गोलमा परिणत गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी २–१ ले विजयी हुन सफल भयो ।

अन्य नतिजा

नर्थह्याम्पटनविरुद्ध डर्वी (०–०)

क्युपिआरविरुद्ध सेफिल्ड वेनस्डे (१–२)

ब्रेन्टफोर्डविरुद्ध लेस्टर सिटी (०–)

बर्नलीविरुद्ध नर्विच सिटी (१–)

कोभेन्ट्रीविरुद्ध बर्मिङघम (०–०)

मिलवालविरुद्ध सेफिल्ड युनाइटेड (०–)

न्यु क्यासलविरुद्ध अक्सफोर्ड युनाइटेड (०–०)

पोर्ट्समाउथविरुद्ध ब्रान्सले (–२)

रिडिङविरुद्ध कार्डिफ (१–१)

साउथह्याम्पटनविरुद्ध टोटेनहम (१–१)

वेस्टह्यामविरुद्ध वेस्टब्रुम (०–)

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

March 10, 2025

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

Success

Thank you for your time.