5 years ago
January 25, 2020
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत लिगको शीर्षस्थानमा रहेको बार्सिलोनालाई भ्यालेन्सियाले हराएको छ । शनिबार घरेलु मैदान मेस्टालामा भएको खेलमा भ्यालेन्सियाले लिगको साविक विजेता बार्सिलोनालाई २-० ले पराजित गरेको हो ।
खेलको नवौं मिनेटमा नै भ्यालेन्सियाले पेनाल्टीमा गोल गर्ने अवसर पाएको थियो । जेरार्ड पिकेले पेनाल्टी क्षेत्रभित्र जोसे गायालाई लडाएपछि रेफ्रीले उनलाई पहेंलो कार्ड देखाउँदै पेनाल्टी दिएका थिए । तर म्याक्सी गोमेजको प्रहारलाई टेर स्टेगनले दायाँतर्फ उत्कृष्ट डाइभ दिँदै विफल पारे । त्यसअघि तेस्रो मिनेटमा बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले एन्टोइन ग्रिज्मनको पासमा गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।
२७ औं मिनेटमा मेस्सीले प्रहार गरेको फ्रिकिकले पोस्टको दिशा लिन सकेन । लगत्तै कार्लोस सोलरको पासमा गोमेजको प्रहारलाई टेर स्टेगनले उत्कृष्ट ढंगले बचाए । त्यसको केहि समयमा नै केभिन गामेरियोको प्रहारमा पनि टेर स्टेगन नै बाधक बने । सोलरकै कर्नरमा ग्यब्रिएल पाउलिस्टाको हेडरले पोस्टको दिशा लिन सकेन ।
दोस्रो हाफको सुरुवातमै बार्साका युवा फरवार्ड अन्सु फातीले अग्रता दिलाउने अवसर पाए । मेस्सीको पासमा उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहर थोरैले बाहिरियो । ४७ औं मिनेटमा भ्यालेन्सियाले जोर्डी अल्बाको आत्मघाती गोलमा अग्रता लियो । पहिलो हाफमा पेनाल्टी चुकाएका लोपेजले गरेको शक्तिशाली प्रहार अल्बालाई लाग्दै पोस्टभित्र छिरेको थियो ।
खेलमा पछि पर्ने बितिक्कै बार्सिलोनाले बराबरी गर्ने अवसर पाएको थियो । फ्रान्की डे जोङले पेनाल्टी क्षेत्रको बीचबाट गरेको प्रहारलाई विपक्षी गोलरक्षकले विफल पारे । ५७ औं मिनेटमा मेस्सीको प्रहार डिफेन्डरले ब्लक गर्दा भ्यालेन्सिया अग्रता जोगाउन सफल रहयो । लगत्तै ग्रिज्मनकै पासमा मेस्सीको प्रहार बाहिरियो ।
बार्सिलोनाले लगातर आक्रमण बुनेपनि मेस्सीले लगातार अवसरको सदुपयोग गर्न सकेन । ७६ औं मिनेटमा भने घरेलु टोली भ्यालेन्सियाले अग्रता दोब्बर पार्यो । फेरान टोरेसको पासमा गोमेजले पेनाल्टी क्षेत्र भित्रबाट गोल गर्दै भ्यालेन्सियालाई जिततर्फ उन्मुख गराए ।
यस हारसँगै बार्सिलोनाले २१ खेलमा ४३ अंक जोडेको छ । दोस्रो स्थानको रियल म्याड्रिडले एक खेल कम खेल्दै समान अंक जोडेको छ । गोलअन्तर समान भएपनि धेरै गोल गरेको आधारमा बार्सिलोना शीर्षस्थानमा रहेको हो । रियलले आइतबार लिगको खेलमा रियल भालाडोलिडको सामना गर्नेछ । भ्यालेन्सिया भने २१ खेलमा ३४ अंक जोड्दै पाँचौ स्थानमा उक्लेको छ ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]