5 years ago
January 25, 2020
एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसी मिलानले लगातार तेस्रो जित निकालेको छ । औसतको प्रदर्शन गरिहरेको मिलानले ब्रेसियामाथि उसकै मैदानमा १–० को जित निकालेको हो ।
समग्रमा पछिल्लो पाँच खेलमा मिलानको यो चौथो जित हो । जसमा मिलानले एक बराबरी र चार जित हात पारेको छ । जसमा इटालियन कोपा कपको जित पनि समावेश छ । सिरी ‘ए’ मा साम्पडोरियासँग गोलरहित बरारीमा रोकिएको मिलानले त्यसपछि लगातार तेस्रो जित दर्ता गर्न गर्न सफल भएको हो । भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचको आगनमनसँगै मिलानले लगातार चौथो जित दर्ता गर्न सफल भएको हो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा मिलानको जितमा एन्टी रेविकले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।
खेलको १८औं मिनेटमा इस्माइल बेन्टानकर चुक्दा मिलानले अग्रता लिने अवसर खेर फाल्यो । लगत्तै ज्लाटन इभ्राहिमोभिच पनि गोल गर्नबाट चुके । ३५औं मिनेटमा ब्रेसियाले खेलमा अग्रता लिने अवसर खेर फाल्यो । अर्नेस्टो टोरेग्रोसले मिलानका डिफेन्डर बिट गर्दै गरेको प्रहारलाई मिलानका गोलरक्षक एन्टेनियो डोनारुम्माले मुस्किलले बर्चा । लगत्तै कर्नरमा आएको बललाई पनि डोनारुम्माले विफल पारिदिए ।
६४औं मिनेटमा बे्रसियाले अर्काे अवसर खेर फाल्यो । घरेलु टोलीसँग लगातार दवाव झेलेको मिलानले ७१औं मिनेटमा अग्रता लिन सफल भयो । सब्सिच्युट रेविकले सिक्स यार्ड बक्सबाट गोल गर्न सफल भएका थिए । उनी ५८औं मिनेटमा राफइल लियोको स्थानमा मैदान छिरेका थिए ।
८३औं मिनेटमा स्यामुइल क्यास्टिल्जोले मिलानका लागि अर्काे गोल गरेपनि मान्यता पाएन । ८७औं मिनेटमा मिलानका थियो हर्नान्डेजको प्रहार क्रसबारमा लागेर फर्कियो । त्यसपछि थप गोल निस्कन नसक्दा मिलान १–० ले विजयी हुन सफल भयो ।
जितसँगै मिलान २१ खेलबाट ३१ अंक जोडेर सातौ स्थानमा उक्लिएको छ । ब्रेसिया १५ अंकसहित रेलिगेसन जोनको १९औं स्थानमा छ । युभेन्टस ५१ अंक जोडेर शीर्षस्थानमा छ ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]