5 years ago
January 25, 2020
एजेन्सी – विन्टर सिजनमा डर्टमन्ड भित्रिएका नर्वेका फरवार्ड अर्लिङ हालान्ड चम्कँदा बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा फराकिलो जित निकालेको छ । डर्टमण्डले एफसी कोल्नलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।
डर्टमन्डको जितमा हालान्डले दुई तथा राफेल गुरेरो, मार्काे रिउस र जाडोन सान्चोले गोल गरे । कोल्नका मार्क अर्थले सान्त्वना गोल फर्काए । खेलको पहिलो मिनेटमा नै जाडोन सान्चोको पासमा राफेल गुरेरोको गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाए ।
२९औं मिनेटमा माट्स हुमेल्सको पासमा कप्तान मार्काे रिउसले गोल गर्दै डर्टमण्डको अग्रता दोब्बर पारे । सुरुवातमा रेफ्रीले अफसाइड भन्दै गोललाई मान्यता नदिएपनि भिडियो असिस्टेन्ट रेफ्रीले गोललाई मान्यता दिए ।
पहिलो हाफमा डर्टमण्डले २–० को अग्रता लिँदा दोस्रो हाफमा थप ३ गोल गर्दा एक गोल बेहोरेको थियो । ४८औं मिनेटमा कप्तान रिउसको पासमा जाडोन सान्चोले गोल गर्दै डर्टमण्डलाई फराकिलो जिततर्फ अग्रसर गराए । ६४औं मिनेटटमा मार्क अथले गोल गर्दै गोल अन्तर ३–१ मा झारे । त्यसपछि सब्सिच्युट अर्लिङ हालान्ड चम्किए ।
अघिल्लो खेलमा अग्सवर्गविरुद्ध २३ मिनेटभित्रै ह्याट्रिक पुरा गरेका हालान्डले ७७औं मिनेटमा गोल गर्दै डर्टमण्डलाई ४–१ ले अघि बढाए । हालान्ड ६५औं मिनेटमा थोर्गन हजार्डको स्थानमा मैदान प्रवेश गरेका थिए ।
हालान्डले मैदान प्रवेश गरेको १३ मिनेटभित्र गोल गर्न सफल भए । ८७औं मिनेटमा मामुदको पासमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई ५–१ को फराकिलो जित दिलाए । हालान्डले पछिल्लो दुई खेलमा ५ गोल गर्न सफल भएका छन् ।
जितसँगै डर्टमन्ड १९ खेलबाट ३६ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । दोस्रो स्थानको बायर्न म्युनिखसँग अंक बराबरी भएपनि डर्टमण्ड तेस्रो स्थानमा रहेको हो । शीर्षस्थानको आरबी लेइपजिग ४० अंकसहित शीर्षस्थानमा छ । कोल्न २० अंकसहित १३औं स्थानमा छ ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]