default_image

8 years ago

July 7, 2016

पोर्चुगलसँग फाइनल खेल्न फ्रान्स र जर्मनी भिड्दै

80 views

0 Bookmark

पेरिस (एजेन्सी) – युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा केही समयपछि फ्रान्स र जर्मनी आमने सामने हुँदै छन् । दाबेदार मानिएको इटालीलाई टाइब्रेकरमा पाखा लगाउदै जर्मनीले सेमिफाइनलको यात्रा तय गरेको हो । आयोजक फ्रान्स भने आइसल्यान्डमाथि सहज जित हासिल गर्दै जर्मनीसँगको भेट पक्का गरेको थियो । जर्मनी र फ्रान्सबीचको विजेताले पोर्चुगलसँग फाइनल खेल्नेछ । पोर्चुगलले वेल्सलाई २–० ले हराएर फाइनलमा स्थान सुरक्षित पारिसकेको छ । 

France Euro cup
सात पटक आयोजक राष्ट्रलाई ठुला प्रतियोगिताबाट बाहिर पठाउन सफल जर्मनी प्रतिबन्धमा रहेको म्याट हुमेल्स र चोटग्रस्त गोमेज र सामी खदिरा बिना मैदानमा उत्रिनेछ । घुडाको चोटबाट लामो समयदेखि पीडित बास्टियन स्वाइन्सटाइगर खेल्ने सम्भावना भने छ । आयोजक फ्रान्सका अडिल रामी डिफेन्समा र मिडफिल्डर एनगोलो कोन्टेपनि एक खेलको प्रतिबन्धपछि जर्मनीविरुद्ध उत्रनेछन् । सन् १९५८ पछि जर्मनीलाई ठुला प्रतियोगितामा हराउन नसकेको फ्रान्सको जर्मनीसँग युरोपियन च्याम्पिएन्सिपमा यो पहिलो भेट हो ।
फ्रान्स आफ्नो घरेलु मैदानमा समर्थकहरुको आशा पूरा गर्न तत्पर रहने छ भने जर्मनी २० बर्षदेखी युरो कप जित्न नसकेको खडेरी तोड्न प्रयत्नरत हुनेछ । फ्रान्सले आइसल्यान्डलाई ५–२ ले हराउँदै सेमिफाइनल यात्रा गर्दा ओलिभर जिरौड, एन्टिनो पोग्बा एन्टोनी ग्रिजम्यान र दिमित्री पायेटले गोल गरेका थिए । घाइते भएका मुख्य खेलाडीहरूले खेल गुमाउँदा पनि जर्मनी आत्मविश्वासी मुद्रामा छ । फ्रान्स पछिल्लो आठ खेलमा अपराजित छ भने जर्मनीलाई पछिल्लो ६ खेलमा कसैले हराउन सकेको छैन ।
जर्मनीका प्रशिक्षक जोचिम लोउले ४–२–३–१ को रणनीति बनाउन सक्नेछन् । उनले इटालीविरुद्ध ३–५–२ को रणनीति प्रयोग गरेर टोली मैदानमा उतारेका थिए ।
गोमेज आउट भएपछि विश्वकप फाइनलमा अर्जेन्टिनामाथि विजयी गोल गरेका मारियो गोइट्जेलाई थोमस मुलरका साथ फरवार्डलाइनमा खेलाउने सम्भावना छ ।
हुमेल्स निलम्बनमा परेपछि स्कोडार्न मुस्ताफी वा बेनिडिक्ट होवेड्स सेन्टर ब्याकमा जेरोम ोएटिङको साथी हुन सक्छन् ।
इटालीविरुद्ध जर्मनीको जस्तै विश्व च्याम्पियनसँग पनि फ्रान्सको स्मरणीय इतिहास छ । विश्वकप २०१४ को क्वार्टरफाइनलमा फ्रान्स जर्मन टोलीसँग पराजित भएको थियो । त्यतिबेला रियो द जेनेरियोमा हुमेल्सले पहिलो हाफमा हेड गोल गरेका थिए । त्यसअघि १९८२ को विश्वकप सेमिफाइनलमा पनि फ्रान्स पेनाल्टी सुटआउटमा जर्मनीसँग स्तब्ध भएको थियो ।

September 18, 2024

झरना कप- साविक विजेता भूपू सैनिक बाहिरियो

सुमन अधिकारी, बुटवल साविक विजेता भूपू सैनिक युवा क्लब ३६ औ संस्करणको पहिलो खेलबाटै बाहिरिएको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देही तिलोत्तमा नगरपालिका कुन्जलापुरस्थित उच्च माविको फुटबल मैदानमा बुधवार भएको उद्घाटन खेलमा गोर्खा ब्याईज क्लबले भूपूसैनिक युवा क्लबलाई ६-२ गोल अन्तरले पराजित गरेको हो । गोर्खा ब्वाइज क्लबले खेल […]

September 18, 2024

कुर्दान र बुढानिलकण्ठ एफएको जित

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं जिल्ला स्तरीय नकआउट तथा लिग फुटबल प्रतियोगिताको पहिलो बुधवार कुर्दान फुटबल एकेडेमी र बुढानिलकण्ठ फुटबल एकेडेमी विजयी भएका छन्। सानो गौचरणमा भएको पहिलो खेलमा कुर्दानले त्रिशक्ति युवा क्लबलाई पेनाल्टी सुटआउटमा ३-१ ले हरायो। निर्धारित समय ३-३ को‌ बराबरीपछि पेनाल्टी सुटआउटमा कुर्दानले बाजी मारेको हो । अर्को खेलमा बुढानिलकण्ठले जेएफए स्पोर्टसलाई‌ २-० […]

September 18, 2024

सुदूरको लगातार छैटौं हार

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशले लगातार छैटौं हार बेहोरेको छ ।बुधवारको दोस्रो खेलमा सुदूर कर्णाली प्रदेशसॅंग ३-० गोल अन्तरले पराजित भयो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा कर्णालीलाई जित दिलाउन भुमिका बुढाथोकी, वर्षा ओली र गरिमा राईले गोल गरे । कर्णालीका लागि भुमिकाले २४औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाइन् । […]

Success

Thank you for your time.