default_image

5 years ago

January 24, 2020

अपराजित लिभरपुल उपाधितर्फ

156 views

0 Bookmark

एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि यात्रामा बलियो पकड बनाएको छ । बिहीबार राति वल्भ्सलाई उसकै मैदानमा २–१ ले पराजित गर्दै लिभरपुलले उपाधि यात्रालाई थप मजबुत बनाएको हो । 

लिगमा अपराजित लिभरपुलको २३ खेलबाट ६७ अंक पुगेको छ । जुन दोस्रो स्थानको म्यानचेस्टर सिटीको भन्दा १६ अंक बढी हो । लिभरपुलले अझै एक खेल कम खेलेको छ । सिटीको २४ खेलबाट ५१ अंक छ ।  लिगमा अपराजित रहने क्रममा लिभरपुलले २३ खेल खेल्दा २२ जित र १ बराबरीको नतिजा निकालेको छ । जुन क्लबको हालसम्मकै उच्च प्रदर्शन हो ।

मोलेनक्स स्टेडियममा लिभरपुलको जितमा जोर्डन हेन्डरसन र रोबर्टाे फिर्मिनोले गोल गरे । घरेलु टोलीका राउल जिमिनेजले एक गोल फर्काए ।
खेलको आठौं मिनेटमा कप्तान जोर्डन हेन्डरसनको गोलबाट लिभरपुल खेलमा अघि बढेको थियो । हेन्डरसन टेन्ट्र एलेक्सन्डर अर्नाेल्डको कर्नरमा हेडरमार्फत गोल गर्न सफल भएका थिए ।

पहिलो हाफमा १–० को अग्रता बनाएको लिभरपुलले दोस्रो हाफको सुरुमै गोल खान पुगेको थियो । एडमाको क्रस पासमा राउल जिमिनेजले हेडरमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

खेल सकिन ६ मिनेट बाँकी रहँदा ब्राजिलियन फरवार्ड फिर्मिनोले गोल गर्दै लिभरपुललाई खेलमा पुनः २–१ को अग्रता दिलाए । जोर्डन हेन्डरसनको पासमा फिर्मिनोले पेनाल्टी बक्सभित्रबाट गोल गर्न सफल भए ।

त्यसपछि गोल निस्कन नसक्दा लिभरपुल २–१ ले विजयी हुन सफल भयो । हारपछि वल्भ्स २४ खेलबाट ३४ अंक जोडेर सातौ स्थानमा यथावत रहेको छ ।

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

March 10, 2025

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

Success

Thank you for your time.