8 years ago
July 6, 2016
बार्सिलोना एवं अर्जेनटिनाका लियोनेल मेसीलाई स्पेनी अदालतले कर छली मुद्दामा २१ महिनाको जेल सजाय सुनाएको छ।
सजाय सुनाएपनि स्पपेवको कानुन अनुसार दुई वर्ष भन्दा कम सजाय भएको खण्डमा जरीवाना तिरेर सजाय माफ हुने भएकाले मेसी जेल जानु नपर्ने भएको छ।
स्पेनको एक अदालतले मेसीलाई उनको पितासहित कर छलीको मुद्दामा २१ महिनाको लागि जेल पठाउने फैसला गरेको हो । मेसी र उनका पितालाई समेत सोही कानुन लाग्ने भएकाले मेसीले जेल जानु नपर्ने भएको हो।
मेसी र उनका पिताले आर्थिक कारोबार गर्दा सन् २००७ र २००९को अवधिमा ४.१ मिलियन युरो बराबरको कर नतिरेको अभियोग छ।
मेसी र उनका पितामाथि तस्बिर र अन्य विज्ञापनबाट आएको पैसा कर छलेर विभिन्न ठाउँमा जम्मा गरेको आरोप छ । बयानका क्रममा भने मेसीले आरोप बारे आफूलाई केही जानकारी नभएको बताएका थिए।
November 27, 2024
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्यन म्युनिख र आर्सनल विजयी भएका छन्। बायर्न म्युनिखले पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० र आर्सनलले पोर्चुगिज क्लब स्पोर्टिङलाई ५-१ ले हो । खेलको ३८औं मिनेटमा किम मिन जाइले गरेको गोल नै बार्यनको जितका लागि पर्याप्त रह्यो । ५६औ मिनेटमा उसमान डेम्बेलेले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित […]
November 27, 2024
एजेन्सी – इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा डच क्लब फेयनोर्डविरुद्ध अग्रता लिएर पनि बराबरीमा रोकिएको छ । बुधवार बिहान भएको खेलमा इङ्ग्लिस टोलीले फेयनोर्डसँग ३-३ को बराबरीमा रोकिएको हो । घरेलु मैदान इतिहाद रंगशालामा सिटीले ३ गोलको अग्रतालाई अन्त्यतिर जोगाउन नसक्दा बराबरीमा राकिएको हो । सिटीका लागि एर्लिङ हालान्डले २ तथा इल्के गुन्डोगानले १ […]
November 27, 2024
एजेन्सी – स्पेनिस ला लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाले फ्रान्सेली क्लब ब्रेस्टलाई पराजित गर्दै च्याम्पियन्स लिगमा महत्त्वपूर्ण जित हासिल गरेको छ । बुधवार बिहान भएको खेलमा बार्सिलोनाले ब्रेस्टमाथि ३-० को सहज जित दर्ता गरायो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले २ तथा डानी ओल्मोले १ गोल गरे । खेलको १०औं मिनेटमा […]