default_image

5 years ago

January 23, 2020

लेस्टर र टोटेनहम विजयी, युनाइटेड स्तब्ध

98 views

0 Bookmark

एजेन्सी – लेस्टर सिटी र टोटेनहम हस्टपरले इंग्लिस प्रिमियर लिगमा जित दर्ता गर्दा म्यानचेस्टर युनाइटेड बर्नलीसँग स्तब्ध बनेको छ । घरेलु टोली लेस्टरले वेस्टह्याममाथि ४–१ को जित निकालेको हो ।

लेस्टरको सानदार जितमा एयोजी पेरेजले दुई तथा हार्वे वारर्नेस र रिकार्डाे पेरेजले गोल गरे । वेस्टह्यामका मार्क नोब्लीले सान्त्वना गोल फर्काए ।
जितसँगै लेस्टर ४८ अंक जोडेर तेस्रो स्थानमा यथावत रहँदा वेस्टह्याम २३ अंक जोडेर १७औं स्थानमा रहेको छ ।

यस्तै टोटेनहम हट्सपरले नर्विच सिटीमाथि २–१ को संघर्षपूर्ण जित आत्मसाथ गरेको छ । डेली अलीले ३८औ मिनेटमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । टिमु पुक्कीले ७०औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काए । ७९ औ मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई महत्वपूर्ण जित दिलाए ।

जितसहित टोटेनहम ३४ अंक जोडेर तालिकाको छैटौ स्थानमा उक्लिन सफल भएको छ । टोटेनहमले पाँचौ स्थानको म्यानचेस्टर युनाईटेडसँग अंक बराबरी गरेपनि गोल अन्तरमा पछि परेको हो । नर्विच १७ अंकसहित पुछारमा यथावत छ ।

बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड बर्नलीसँग २–० ले स्तब्ध बनेको छ । क्रिस उड र जय रोडिग्वेजले गोल गरेपछि ओल्ड ट्राफोर्डमा बर्नलीले घरेलु टोलीमाथि शानदार जित निकालेको हो । हारसँगै प्रशिक्षक ओले गनर सोल्सायरमाथि दबाब थपिएको छ ।

३९औं मिनेटमा उडले गोल गर्दै बर्नलीलाई सुरुवाती अग्रता दिलाए । ५६औं मिनेटमा रोड्रिग्वेजले गोल गर्दै बर्नलीको जित सुनिश्चित गरे ।
हारसँगै युनाइटेड चौथो स्थानको चेल्सी भन्दा ६ अंकले पछि परेको छ । युनाइटेडको ३४ अंक छ । युनाइटेडलाई पराजित गरेको बर्नली ३० अंक जोडेर १३औं स्थानमा उक्लिएको छ ।

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

March 10, 2025

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

Success

Thank you for your time.