default_image

5 years ago

January 23, 2020

रोनाल्डोको गोलसँगै युभेन्ट्स सेमिफाइनलमा

121 views

0 Bookmark

एजेन्सी – इटालियन महाररथी युभेन्ट्स कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रोमालाई ३–१ ले पराजित गर्दै युभेन्ट्सले अन्तिम चारको यात्रा तय गरेको हो ।

 

युभेन्ट्सको जितमा रोनाल्डोसँगै रोड्रिगो बेन्टानकर र लियोनार्दाे बोनुचीले गोल गरे । रोमाले आत्मघाती गोल उपहार पाएको थियो ।

घरेलु मैदानमा खेलको २६औं मिनेटमा गोन्जालो हिगुआइनको क्रस पासमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । ३८औं मिनेटमा रोड्रिगो बेन्टनकरले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे ।

पहिलो हाफको इन्ज्युरी समयमा लियोनार्दो बोनुचीले गोल गर्दै युभेन्ट्सलाई ३–० को अग्रतासहित सहज जिततर्फ अघि बढाए । दोस्रो हाफमा आत्मघाती गोलसँगै रोमा खेलमा फर्कने संकेत गर्‍यो । ५०औं मिनेटमा रोमाका अण्डर्सको प्रहार पोस्टको क्रस बारमा लागेर फर्कदै गोलकिपर बुफोनलाई लागेर गोल भएको थियो ।

त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेन र युभेन्ट्स ३– १ ले विजयी भयो । अब युभेन्ट्सले एसी मिलान र टोरीनोबीचको विजेतासँग फाइन्ल प्रवेशका लागि खेल्नेछ । अर्काे सेमिफाइनलमा नेपोलीले इन्टर र फियोरेन्टिाबीचको विजेतासँग खेल्नेछ ।

नेपोलीले लाजियोलाई १–० ले पराजित गर्दै सेमिफाइन्लमा स्थन सुरक्षित गरेको थियो ।

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

March 10, 2025

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

Success

Thank you for your time.