5 years ago
January 23, 2020
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग कपको फाइनलमा पुग्न सफल भएको छ । पीएसजीले १० खेलाडीमा समेटिएको रिम्सलाई ३–० ले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो ।
रिम्समा बुधबार राति भएको खेलमा पीएसजीको सहज जितमा मार्कुन्योस र नियानजोउ कोवासीले गोल गर्दा एक गोल उपहार पाएको थियो । नवौं मिनेटमा नै नेयमारको पासमा कप्तान मार्कुन्योसले गोल गर्दै पीएसजीले खेलमा अग्रता लिएको थियो । नेयमारको पासमा मार्कुन्योसले हेडमार्फत सिक्स यार्ड बक्सबाट गोल गर्न सफल भएका थिए ।
३१औं मिनेटमा रिम्सका कोनानले आत्मघाती गोल गरेपछि पीएसजीले खेलमा २–० को अग्रता लिन सफल भयो । नेयमारको फ्रिकिकमा मार्कुन्योसले प्रयास गर्दा दिसासीले फ्लिक गरेपनि गोललाईनमा रहेका कोनानले बचाउने प्रयास गरेपनि आफ्नै पोस्टमा गोल हुन पुगेको थियो ।
७३औं मिनेटमा रिम्स १० खेलाडीमा समेटियो । मार्काे भेराटीलाई फल गरेपछि रेफ्रीले रिम्सका मार्सल मुनेटसीलाई सिधै रातो कार्ड दिदै मैदान बाहिर पठाएको थियो । त्यसपछि ७७औं मिनेटमा नियानजोउ कोवासीले भली सटमा गोल गर्दै पीएसजीलाई ३–० को जित दिलाउदै फाइनलमा पुर्याउन सफल भयो ।
अब पीएसजीले उपाधिका लागि लियोनसँग ४ अप्रिलमा खेल्नेछ । लियोनले बुधबार राति नै लिललाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
निर्धारित समयमा लियोनका मौसा डेम्वेले र औअरले गोल गरे । लिलका रेनाटो सान्चेज र रेमीले गोल गरे ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]