default_image

5 years ago

January 23, 2020

ग्रिजमनको दुई गोलमा बार्सिलोना कोपा डेल रेको अर्काे चरणमा

119 views

0 Bookmark

एजेन्सी – फ्रेन्च फरवार्ड एन्टोइन ग्रिजमनको दुई गोल सहयोगमा क्याटलान क्लब बार्सिलोना स्पेनिस कोपा डेल रेको अर्काे चरणमा पुग्न सफल भएको छ । बार्सिलोनाले तेस्रो डिभिजनको युडी इविजालाई २–१ ले पराजित गर्दै अर्काे चरणमा पुग्न सफल भएको हो ।

बार्सिलोनाले १–० ले पछि परेको स्थिति उल्ट्याएर पूनरागमन जित निकालेको हो । युडी इविजाका जाभी पेरेजले गरेको गोल सान्त्वना बन्यो ।
खेलका नवौं मिनेटमा जाभी पेरेजको गोलमा युडी इविजाले बार्सिलोनाविरुद्ध अप्रत्यासित अग्रता लिएको थियो । पेरेजले राई नासिमेन्टोको पासमा गोल गरेका थिए । तर, त्यो अग्रतालाई इविजाले दोस्रो हाफमा जोगाउन सकेन ।

१–० ले पछि परेपछि बार्सिलोनाले गोलको लागि निकै मिहेनत गर्नुपरेको थियो । ७२औं मिनेटमा ग्रिजमनले फ्रान्की डि जोङको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा जोर्डी अल्वाको पासमा ग्रिजमनले व्यक्तिगत दोस्रो तथा टिमका लागि पनि दोस्रो गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाए ।

बार्सिलोनाले इविजाविरुद्ध युवा खेलाडीलाई मैदानमा उतारेको थियो । जुनियर फिर्पाे, अन्सुमान फाती, रिकार्ड पुइग र क्लेमेन्ट लेङ्लेटलाई इविजाविरुद्ध मौका दिइएको थियो ।

यस्तै अर्काे खेलमा सेभियाले लेभान्टेलाई ३–१ ले पराजित गर्दै अर्काे चरणमा पुग्न सफल भएको छ । सेभियाको जितमा फर्नान्डो, लुकास आकाम्पस र ओलिभर टोरेसले गोल गरे । ओस्कारले एक गोल फर्काए ।

अर्काे खेलमा एथ्लेटिको विल्वाओले इलचेलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै अर्काे चरणमा पुग्न सफल भयो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

March 10, 2025

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

Success

Thank you for your time.