9 years ago
July 6, 2016
युरो २०१६ अन्तर्गत आज हुने वेल्स र पोर्चुगलबिचको खेलमा रियल म्याड्रिडका ग्यारेथ बेल र क्रिस्टियानो रोनाल्डो आमने सामने हुदैंछन्।
वेल्सका लागि प्रमुख दुइ खेलाडी आरोन र्यामजी र बेन डेभिस अनुपस्थित हुनाले पोर्चुगललाई फाइदा पुग्ने देखिएको ।छ बेल्जियम संगको क्वार्टरफाइनल जितमा प्रतियोगिताको दोश्रो पहेंलो कार्ड खाएका कारण यी दुइ खेलाडी सेमिफाइनलखेल्न बंचित भएका हुन्। उनीहरुको अनुपस्थितिमा डेभिसको स्थानमा जेम्स कोलिंस र र्यामजीको स्थानमा जोनाथन विलिएम्स खेल्ने सम्भावना रहेको छ।
यसैगरी पोर्चुगलका विलियम कार्भाल्हो पनि दोहोरो पहेंलो कार्डका कारण वेल्स विरुद्ध मैदानमा उत्रने छैनन्। उनको स्थानमा ड्यानीलोले मौका पाउन सक्नेछन। पेपेले प्रशिक्षणका क्रममा चोट बोकेपनि वेल्सविरुद्ध भने उत्रने पक्का भएको छ।
यसअघी यी दुइ टोलीले सन् २०००मा खेलेको खेलमा पोर्चुगल ३-०ले विजयी भएको थियो। जारि प्रतियोगितामा वेल्सले एक खेलमा मात्र जित हासिल गरेको छैन भने पोर्चुगलले कुनै खेलको निर्धारित ९०मिनेटमा जित दर्ता गर्न सकेको छैन।
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अग्रता लिएको छ । सिंगापुरको नेसनल स्टेडियममा जारी खेलमा नेपालले जिलेस्पीजंग कार्कीको गोलमा अग्रता लिएको हो।उनले १२औं मिनेटमा गोल गरे । नेपालले सिंगापुरविरूद्धको औपचारिक खेलमा पहिलो पटक गोल गर्न सफल भएको हो। नेपालले एएफसी एसियन कप छनोट खेल्ने तयारीमा क्रममा मैत्रीपूर्ण खेल खेलको हो । अष्ट्रेलियन प्रशिक्षक […]