default_image

5 years ago

January 22, 2020

अगुइरोको निर्णायक गोलमा सिटीको जित

87 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फरवार्ड सर्जियो अगुइरोको निर्णायक गोलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा संघर्षपुर्ण जित निकालेको छ । सिटीले सेफिल्ड युनाइटेडमाथि १–० को संघर्षपुर्ण जित निकालेको हो ।

ब्रामन लेन सेफिल्डमा मंगलबार राति भएको खेलमा सिटीको जितमा सर्जियो अगुइरोले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।
त्यसअघि खेलको ३६औं मिनेटमा ग्याब्रियल जेसस पेनाल्टीमा चुक्दा सिटी अग्रता लिनबाट चुकेको थियो । खेल भर नै घरेलु टोली सेफिल्डलाई दवावमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो ।

खेलको आठौं मिनेटमा जिनचेन्कोको कर्नरमा रोड्रीको बक्स बाहिरको प्रहार बारमा लागेर बाहिरिदा सिटी अग्रता लिनबाट चुक्यो । १९औं मिनेटमा रहिम स्ट्रलिङको प्रहार सेफिल्डका गोलरक्षक डिन हेन्डरसनले बचाए ।  ३६औं मिनेटमा सिटीले पेनाल्टीको अवसर पायो । क्रिस वासामले रियाद महारेजलाई पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा जेसस चुकेका थिए ।

६३औं मिनेटमा वासामको पासमा म्याक ब्रुनको प्रहार सिटीका गोलरक्षक इडर्सन मोरेसले मुस्किलले बचाए । ७३औं मिनेटमा म्याकब्रुनले अर्काे मौका गुमाउदा सोही मिनेटमा अगुइरोले काउन्टर एट्याकमा गोल गर्दै सिटीलाई खेलमा अग्रता दिलाए ।

केभिन डि ब्रुयनको पासमा सब्सिच्युट अगुइरोले गोल गर्न सफल भएका थिए । उनी खेलको ६७औं मिनेटमा जेससको स्थानमा मैद्यान प्रवेश गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा सिटी १–० ले विजयी हुन सफल भयो ।

जितपछि सिटी २४ खेलबाट ५१ अंक जोडेर दोस्रो स्थानमा यथावत रहँदा पराजित सेफिल्ड ३३ अंक जोडेर सातौ स्थानमा रहेको छ । सिटी दुई खेल कम खेलेको शीर्षस्थानको लिभरपुलभन्दा १३ अंकले पछि छ । सिटी तेस्रो स्थानको लेस्टर सिटीभन्दा ६ अंकले माथि छ ।

अन्य नतिजा
बर्नमाउथविरुद्ध ब्राइटन (–१)
एस्टन भिल्लाविरुद्ध वाट्फोर्ड (–१)
क्रिस्टल प्यालेसविरुद्ध साउथह्याम्पटन (०–)
एभर्टनविरुद्ध न्यु क्यासल (२–२)

March 10, 2025

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

March 10, 2025

चेल्सीको कठिन जित

एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। चेल्सीले आइतवार भएको खेलमा लेस्टरलाई १-० ले हरायो । घरेलु मैदानमा चेल्सीका मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा गोल गरेका हुन् । जितसँगै चेल्सी २८ खेलबाट ४९ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । […]

Success

Thank you for your time.