default_image

5 years ago

January 22, 2020

चेल्सी र आर्सनलको रोमाञ्चक बराबरी

82 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब चेल्सी र आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । १० खेलाडीमा समेटिएको आर्सनलले चेल्सीलाई २–२ गोलको बराबरीमा रोक्दै अंक खोस्न सफल भएको हो । 

चेल्सीले खेलमा दुईपटक अग्रता लिएर पनि जोगाउन नसक्दा बराबरीमा रोकिन पुग्यो । स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलको २६औं मिनेटमा आर्सनल १० खेलाडीमा समेटिएको थियो । चेल्सीका ट्यामी अब्राहमलाई डेविड लुइजले पेनाल्टी बक्समा लडाएपछि रेफ्रीले लुइजलाई रेफ्रीले रातो कार्ड देखाउदै चेल्सीलाई पेनाल्टी दिएका थिए । सोकोड्रान मुस्ताफीको ब्याक पासमा गोलरक्षक बर्न लेनोलाई बिट गरेपनि लुइजले अब्राहमानथि खराव ट्याकल गर्न पुगेका थिए ।

त्यसमै प्राप्त पेनाल्टीमा जर्गिन्होले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ६३औं मिनेटमा पाहुना टोली आर्सनलले बराबरी गोल फर्काउदै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । मुस्ताफीको काउन्टर एट्याक पासमा ग्याब्रियल मार्टिनेलीले गोल गर्न सफल भएका थिए ।

८४औं मिनेटमा कप्तान र सेजर एजपिलीक्वेटाले गोल गर्दै चेल्सीलाई खेलमा २–१ को अग्रता दिलाए । उनले कलुम हड्सन ओडोईको क्रस पासमा गोल गर्न सफल भएका थिए । ८७औं मिनेटमा कप्तान हेक्टर बेलेरीनले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । लुकास टोरेराको पासमा पेनाल्टी बक्सभित्रबाट बेलेरीनले गरेको प्रहार दोस्रो बारबाट गोलमा परिणत भएको थियो ।

त्यसपछि गोल निस्कन नसक्दा खेल २–२ गोलको बराबरीमा टुंगियो । बराबरीपछि चेल्सी २४ खेलबाट ४० अंक जोडेर चौथो स्थानमा यथावत छ । आर्सनल ३० अंकसहित १०औं स्थानमा छ ।

March 10, 2025

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

March 10, 2025

चेल्सीको कठिन जित

एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। चेल्सीले आइतवार भएको खेलमा लेस्टरलाई १-० ले हरायो । घरेलु मैदानमा चेल्सीका मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा गोल गरेका हुन् । जितसँगै चेल्सी २८ खेलबाट ४९ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । […]

Success

Thank you for your time.