default_image

5 years ago

January 22, 2020

रोड्रीगो भित्र्याउने बार्सिलोनाको कसरत

95 views

0 Bookmark

एजेन्सी – चोटका कारण फरवार्ड लुइस सुआरेज लामो समय मैदानबाहिर रहने भएपछि क्याटलान क्लब बार्सिलोना ट्रान्सफर विन्डोमा नयाँ खेलाडीको खोजीमा छ । यसका लागि टोलीले भ्यालेन्सियाका रोड्रीगो मोरेनोलाई अनुबन्ध गर्ने प्रयास थालेको छ ।

सुआरेजको अनुपस्थितिमा बार्सिलोना लिगमा सहजै खेल्न सक्ने फरवार्डको खोजीमा छ । नयाँ प्रशिक्षक किके सेटिनको योजनामा खेल्न पनि रोड्रीगोलाई सहज हुने विश्वास गरिएको छ । रोड्रीगो आफैं पनि बार्सिलोना जान इच्छुक रहेका छन् । तर दुई क्लबबीच ट्रान्सफर रकमलाई लिएर भने केहि असमझदारी देखिएको छ ।

भ्यालेन्सियाले रोड्रीगोका लागि कम्तिमा ६० मिलियन युरोको माग राखेको छ । तर बार्सिलोनाले यसअघि ट्रान्सफर विन्डोमा नै १ सय २४ मिलियन युरो खर्चेकाले आर्थिक पाटोमा समस्या हुने देखिन्छ । त्यसमाथि बार्सिलोनाले यसै साता भ्यालेन्सियाको सामना गर्दैछ । यसकारण पनि कम्तिमा उक्त खेलसम्म बार्सिलोनाले प्रतीक्षा गर्नुपर्नेछ ।

बार्सिलोनाले विकल्पका रुपमा आर्सनलका पिएर एमेरिक औबामेयाङ र जर्मन क्लब आरबी लाइप्जिगका टिमो वेर्नरलाई पनि हेरेको छ । तर दुवै खेलाडीलाई आ-आफ्नो क्लबले निकै महत्त्वपूर्ण भूमिकामा राखेको हुनाले बार्सिलोनाले मोटो रकम खर्चनुपर्ने छ ।

बार्सिलोनाले लोनमा केहि समयका लागि खेलाडी अनुबन्धन गर्ने सम्भावना भने निकै कम छ । गत सिजन केभिन प्रिन्स बोटेङलाई अनुबन्ध गरेपछि खासै उपलब्धि नहुनुले पनि बार्सिलोना सचेत छ ।

यो पनि पढ्नुहोस : एकै खेलमा १ हजार पास!

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

March 10, 2025

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

Success

Thank you for your time.