default_image

5 years ago

January 20, 2020

आई लिगमा किरण सम्मिलित टोलीको तेस्रो जित

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका कप्तान एवंम् गोलकिपर किरण चेम्जोङ सम्मलित पन्जाब एफसीले आई लिगमा तेस्रो जित हासिल गरेको छ । सोमबार घरेलु मैदानमा पन्जाबले गोकुलम केरेलालाई ३–१ ले हराएको थियो ।

पन्जाबको लुधियानास्थित गुरु नानक रंगशालामा पहिलो हाफको इन्ज्युरी समयमा सर्जियो बार्बोजाले पन्जाबका लागि पहिलो गोल गरे । तर हेनरी किसिकाले ५२ औं मिनेटमा गोल गर्दै गोकुलमका लागि बराबरी गोल गरे ।

६४ औं मिनेटमा असेर डिपान्डाले गोल गर्दै पन्जाबलाई पुनः अग्रता दिलाए । इन्जुरी समयको दोस्रो मिनेटमा डिपान्डाले अर्को गोल थप्दै जित पक्का गरे । किरणले सोमबार पुरा समय खेलेका थिए । पन्जाबले पछिल्लो दुई खेलमा बराबरी खेलेको थियो ।

नवौं खेलमा टोलीको यो तेस्रो जित हो । ५ खेलमा बराबरी गरेको पन्जाबले सिजनमा एक खेल गुमाएको थियो ।  पन्जाब १४ अंकका साथ अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । मोहन बगान १७ अंकका साथ शीर्षस्थानमा रहेको छ । पन्जाबको भन्दा मोहन बगानले १ खेल कम खेलेको छ । ११ टोलीको सहभागिता रहेको लिगमा ७ खेलमा १० अंक जोडेको गुकुलम पाँचौं स्थानमा छ ।

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

March 10, 2025

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

Success

Thank you for your time.