5 years ago
January 20, 2020
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले अघिल्लो चरणको अन्तिम खेलमा जित दर्ता गरेको भए अंक तालिकाको शीर्षस्थानमा २ अंकको अग्रता बनाउने अवसर थियो । तर संकटासँग बराबरी खेलेपछि आर्मी माथि चढ्न सकेन ।
सोमबार सातौं चरणको अन्तिम खेलमा आर्मीसँग शीर्षस्थानमा ३ अंकको अग्रता बनाउने अवसर थियो । यसपटक आर्मीले सानदार प्रदर्शन गर्दै शिखरमा उक्लियो । पछिल्लो खेलमा संकटाविरुद्ध लगभग दोस्रो हाफ पूरै १० खेलाडीमा सिमित हुनुपर्दा आर्मीले महत्त्वपूर्ण २ अंक गुमाएको थियो । तर सातौं चरणको सुरुवाती खेलमा मछिन्द्रले शेर्पासँग हार्नुले आर्मीलाई फाइदा पुग्यो ।
शनिबारको खेलमा रुस्लान थ्री स्टार र मनाङले बराबरी खेल्दा आर्मीलाई ढुंगा खोज्दा देउता मिलेजस्तै भयो । आर्मीले सोमबार च्यासललाई ३-० ले पराजित गर्दै शीर्षस्थानमा त उक्लियो नै, ३ गोलले आर्मीको गोल अन्तरलाई पनि सघाउ पुग्यो । आर्मीका लागि च्यासलविरुद्ध कप्तान भरत खवास र नवयुग श्रेष्ठ दुवैले गोल गरे । मिडफिल्डमा सेसेहाङ आङदेम्बे र सन्तोष तामाङले पनि गोलमा सहयोग पुर्याए ।
छैटौं चरणको तुलनामा सातौं चरणमा जित-हारको नतिजाले अंक तालिकामा प्रतिस्पर्धा झनै चुलिएको छ । रेलिगेसन क्षेत्रमा सरस्वतीमाथि दवाव बढ्दा आर्मीले भने शीर्षस्थानमा ३ अंकको अग्रता लिएको छ । गोलसंख्याको हिसाबमा पनि यस चरण निकै फलदायी रहयो । पछिल्लो चरणको ७ खेलमा जम्मा ५ गोल सम्भव भएको थियो । यस चरणमा भने ७ खेलमा २१ गोल भयो ।
छैटौं चरणको पहिलो खेलमा नै शीर्षस्थानमा रहेको मछिन्द्र शेर्पासँग २-० ले पराजित भयो । यससँगै मनाङलाई शीर्षस्थानमा उक्लने अवसर थियो । तर शनिबार थ्री स्टारसँग २-२ को बराबरीमा रोकिएसँगै मनाङ अगाडी बढ्न सकेन । त्यसअघि पुलिसले जावलाखेललाई २-० ले हराउँदै जावलाखेललाई शीर्षस्थानमा पुग्नबाट बन्चित गर्यो ।
एपीएफ र एनआरटीबीच ५ गोल सम्भव भएको खेलमा विभागीय टोली ३-२ ले पराजित भयो । अन्तिम १० मिनेटमा २ गोल खाएर अंकविहिन हुन पुगेको एपीएफलाई अझैपनि रेलिगेसनको डर रहेको छ । एनआरटी भने जित हासिल गर्दै अनपेक्षित रुपमा लिगको शीर्ष तालिकामा आएको छ । मिडफिल्डर एरिक विष्टले जारी लिगको दोस्रो म्यान अफ द म्याच प्रदर्शन गर्दै आफ्नो पूर्वक्लब आर्मीलाई सचेत गराएका छन् । आर्मीले अर्को चरणमा एनआरटीसँग खेल्दैछ ।
फ्रेन्ड्सले पनि सरस्वतीलाई ४-१ ले पराजित गर्दै रेलिगेसनको डर शान्त पार्यो । जितले ३ अंक त हासिल गर्यो नै उक्त खेलमा विदेशी खेलाडीले सानदार प्रदर्शन गरे । सिजनभर जम्न नसकेका ब्राजिलियन खेलाडीले गोल र असिस्ट नै गरे । भारतीय फरवार्ड उत्तम राईले २ गोल र १ असिस्ट गर्दा वाग्नर दे कार्मोले २ गोल गरे । अर्का ब्राजिलियन डिफेन्डर साउलो दे अक्विनोले गोल र अर्का ब्राजिलियन फेलिपे सौजाले असिस्ट दिए । यस प्रदर्शनले फ्रेन्ड्सको लागि आउने खेलमा मनोबल उच्च भएको छ ।
सोमबार पहिलो खेलमा संकटा र ब्रिगेड ब्वाइजले अंक बाँडेसँगै दुवै टोली अंक तालिकाको मध्यभागमा नै अड्किए । दुवै टोली रेलिगेसनबाट लगभग सुरक्षित छन् भने शीर्ष ४ मा प्रतिस्पर्धा गर्ने सम्भावना कम छ । शीर्ष ६ मा पस्ने महत्त्वकांक्षा बोकेको बीबीसीका लागि भने यो सुखद नतिजा मान्नुपर्छ ।
सातौं चरण आर्मी र फ्रेन्ड्सका लागि सुखद रहँदा मछिन्द्र र सरस्वतीका लागि भने दुखदायी रहयो । मछिन्द्रले अब उपाधि लक्ष्य जोगाउन बाँकी खेलमा चुक्न नहुने समिकरण छ । बाँकी सबै खेल जितेमा अझैपनि उपाधि आफ्नै हातमा रहेको छ । शीर्ष ४ का ३ क्लबसँग खेल बाँकी रहेको अवस्थामा सरस्वतीले भने घटुवा हुनबाट जोगिन अप्रत्याशित नतिजा निकाल्नुपर्ने छ ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]