5 years ago
January 20, 2020
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा बार्सिलोनाले ग्रानडामाथि १-० को जित हासिल गर्यो । दोस्रो हाफमा ग्रानडा १० खेलाडीमा सिमित भएपछि बार्सिलोनाका कप्तान मेस्सीले गोल गर्दै टोलीलाई जित दिलाए ।
खेलपछि बोल्दै ग्रानडाका डिफेन्डर डिमीट्री फल्किएरले रेफ्रीले अधिकांश निर्णय बार्सिलोनाको पक्षमा दिएको आरोप लगाए । आइतबारको खेलमा ग्रानडाले बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा रक्षात्मक रणनीति लिएको थियो । बार्सिलोनाको आक्रमणलाई निरन्तर विफल पारेको टोलीले ६९ औं मिनेटमा जर्मन स्यान्चेजलाई दोस्रो पहेंलो कार्डका कारण गुमायो ।
ग्रानडा १० खेलाडीमा सिमित भएको फाइदा उठाउँदै बार्सिलोना खेलमा गोल गर्न सफल रहयो । त्यसै ३ अंकको साथ अंक तालिकाको शीर्षस्थानमा पनि पुग्यो । बार्सिलोनाले जित दर्ता गरेपनि डिफेन्डर फल्किएरले भने लगातार रेफ्रीको निर्णय पाएकोले ग्रानडालाई कठिन भएको बताए ।
‘ हामी जहिले क्याम्प नोउमा खेल्दा यस्तै हुन्छ । हामी मिहिनेत गर्छौं तर अन्त्यमा हामीलाई खेल्न नै दिदैनन्,’ उनले भने, ‘ जब रेफ्रीले दुविधामा पर्छन् त्यसबेला बर्सिलोनाकै पक्षमा निर्णय हुन्छ । हामीजस्ता साना टोलीमाथि हाँस्छन् । हाम्रो मिहिनेतले उनीहरुको महँगो टोलीसँग प्रतिस्पर्धा गर्न नै सक्दैन ।’
यता ग्रानडाकै प्रशिक्षक डिएगो मार्टिनेजले भने केहि संयम भएर जवाफ दिए । उनले १० खेलाडीमा सिमित भएपछि नै हार बेहोर्नुपरेको बताए । ‘ धेरैले यसको महत्त्व बुझ्न सक्दैनन् । तर त्यहि रातो कार्ड खेलको मुख्य पाटो बन्यो । स्तरको हिसाबले बार्सिलोनाले हामीलाई हराउने नै थियो । तर हामीलाई कठिन निर्णय हुँदा भीडाल भने उम्कन सके,’ उनले थपे, ‘ त्यो रातो कार्ड थियो थिएन रेफ्रीको निर्णय थियो होला । तर मेरो लागि भने खेलाडीको मिहिनेत यसै खेर गयो भन्ने लग्यो ।’
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]
March 10, 2025
एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। चेल्सीले आइतवार भएको खेलमा लेस्टरलाई १-० ले हरायो । घरेलु मैदानमा चेल्सीका मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा गोल गरेका हुन् । जितसँगै चेल्सी २८ खेलबाट ४९ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । […]