5 years ago
January 20, 2020
एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोल सहयोगमा युभेन्टसले इटालियन सिरी ए मा जित निकाल्दै शीर्षस्थानमा पकड बनाएको छ ।
युभेन्टसले घरेलु मैदानमा पार्मामाथि २-१ को जित निकाल्दै शीर्षस्थानमा थप पकड बनाएको हो । युभेन्टसले दोस्रो स्थानको इन्टर मिलानलाई ४ अंकले पछि पारेको छ । युभेन्टसको २० खेलबाट ५१ अंक छ । समान खेलबाटै इन्टर मिलानको ४७ अंक छ । घरेलु मैदान एलिएन्ज स्टेडियम टोरिनामा आइबार राति भएको खेलमा युभेन्टसले पार्मालाई दवावमा राखेपनि गोलको लागि पहिलो हाफको अन्त्यतिरको समय कुर्नुपरेको थियो ।
खेलको सातौं मिनेटमा पाउलो डिबालाको कर्नरमा एलेक्स सान्द्रोको हेडर पोस्टबाट थोरै बहीरिंदा युभेन्टसले खेलमा अग्रता लिने मौका खेर फाल्यो । २५औं मिनेटमा रोनाल्डोको प्रहार क्रसबार बाट थोरै बाहिरियो । पार्मालाई लगातार दवावमा राखेको युभेन्टसले ४३औं मिनेटमा रोनाल्डोको गोलबाट पहिलो हाफमा १-० को अग्रता लिन सफल भयो । रोनाल्डोले ब्लेस माटुइडीको पासमा गरेको सशक्त प्रहार सिधै गोलमा परिणत भएको थियो ।
५१औं मिनेटमा डानिलोको प्रहारलाई पार्माका गोलरक्षक लुइजी सेपले बचाए । ५५औं मिनेटमा पर्माले बराबरी गोल फर्कायो । एन्द्रियस कोर्निलियसले माटयो स्कोजारेल्लाको पासमा हेडमार्फत बराबरी गोल फर्काए । पार्माको त्यो बराबरी तीन मिनेट पनि टिक्न सकेन ।
५८औं मिनेटमा रोनाल्डोले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गर्दै युभेन्टसलाई खेलका २-१ को अग्रता दिलाए । रोनाल्डोले पाउलो डिबालाको पासमा गोल गरेका थिए । ८०औं मिनेटमा पार्माका जस्मिन कुरटिकको प्रहारलाई युभेन्टसका गोलरक्षक वोजसिएचले बचाए । ९०औं मिनेटमा रोनाल्डो ह्याट्रिक नजिक पुगेर चुकेपनि युभेन्टस २-१ ले विजयी हुन सफल भयो ।
आइतबारै राति भएको खेलमा इन्टर मिलान लेच्चेसँग १-१ गोलको बराबरीमा रोकिदै अंक बाड्न बाध्य बन्यो । इन्टरले अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बनेको हो । बराबरीपछि इन्टर शीर्षस्थानको युभेन्टससँग ४ अंकले पछि परेको छ । लेच्चे १६ अंक जोडेर रेलिगेसन जोनभन्दा एक स्थान माथि छ।
प्रतिस्पर्धात्मक खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव हुदा इन्टरले ७२औं मिनेटमा एलेससान्द्रो बास्टोनीको गोलबाट खेलमा अग्रता लिएको थियो । ७७औं मिनेटमा मन्कोसुले बराबरी गोल फर्काए ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]