default_image

5 years ago

January 19, 2020

चेल्सीको हार, टोटेनहम रोकियो

88 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा न्यु क्यासलसँग पराजित हुदा टोटेनहम हस्टपर बराबरीमा रोकिएको छ । चेल्सी न्यु क्यासलसँग उसकै मैदानमा १–० ले पराजित भएको हो । अन्तिम समयमा सम्हालिन नसक्दा चेल्सीले हार बेहोरेको हो ।

निकै नै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलको प्रयास गरेपनि गोल गर्न दुवै टोलीले चुकिरहेको थियो । खेल भर नै चेल्सीले घरेलु टोलीलाई दवावमा राखेपनि इन्ज्युरी समयमा गोल खादै पराजित हुन पुग्यो । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा इसाक हेडेनले गोल गर्दै चेल्सीलाई स्तब्ध पारे ।

हारपछि चेल्सी २३ खेलबाट ३९ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । न्यु क्यास २९ अंक जोडेर १२औं स्थानमा उक्लिएको छ ।
यता, टोटेनहम वाटफोर्डसँग गोलरहित बराबरीमा रोकिएको छ । घरेलु टोलीका ट्रोय डेनी पेनाल्टी चुक्दा टोटेनहम हारबाट जोगियो । वाटफोर्डसँग बराबरी खेल्दै टोटेनहमले लिगमा अपराजित यात्रालाई ७ खेलमा पुर्‍याएको छ ।

पहिलो हाफमा वाटफोर्डका गोलरक्षक बेन फोस्टरले टोटेनहमका नथानियल चालबा र लुकास मौराको प्रहार जोगाएका थिए ।
बराबरी नतिजासँगै टोटेनहमले २३ खेलबाट ३१ अंक जोडेको छ । वाटफोर्ड २३ अंक जोड्दै रेलिगेशन जोन भन्दा मात्र दुई स्थानमा माथि छ ।

अन्य नतिजा

आर्सनलविरुद्ध सेफिल्ड (१–१)

ब्राइटनविरुद्ध एस्टन भिल्ला (१–१)

नर्विचविरुद्ध बर्नमाउथ (–०)

साउथह्याम्पटनविरुद्ध वल्भ्स (२–)

वेस्टह्यामविरुद्ध एभर्टन (१–१)

March 9, 2025

अभिषेक चर्च सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल  रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]

March 9, 2025

तिलोत्तमा गोल्डकप अर्को महिना

सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]

March 9, 2025

चर्च ब्वाइज पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]

Success

Thank you for your time.