default_image

10 years ago

September 2, 2015

एन्फा: साधारण सभाको लागि हामीले सम्पुर्ण प्रक्रिया पुर्याएको छौं

202 views

0 Bookmark

आज अखिल नेपाल फुटबल सघंले हिजो आएको पुनरावेदन अदालतको आदेशको बारेमा र पर्सी बाट बाट हुने भनिएको राष्ट्रिय लिगको अवस्था बारे जानकारी दिनको लागि सतदोबाटो स्थितआफ्नो कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा सघंका अध्यक्ष गणेश थापाले साधारण सभाको लागि एन्फाले सम्पुर्ण प्रक्रिया पुर्याएको जनाए । 

पत्रकार सम्मेलनमा बोल्दै गणेश थापा

पत्रकार सम्मेलनमा बोल्दै गणेश थापा

पत्रकार सम्मेलनमा थापाले भने:”  ६०, ४० र २१ दिनमा पठाउनुपर्ने सम्पुर्ण आवश्यक कागजात हामीले समयमै पुर्याएका छौं, अदालतको आदेश मान्ने काम हामीले  गर्यौं, अब भोली अदालत गएर हामी सबै कुरा राख्छौं, फुटबस विकास रोक्न खोज्ने मानिसहरुदेखि हामी पछि पर्ने कुनै ठाउँ छैन । उनले थपे,”  साधारण सभा रोकिनु कुनै ठुलो कुरा हैन| हामीले आज बसेको अनौपचारिक बैठकमा सबै सहभागिको उपस्थिति थियो र हामीले केहि गल्ति गरेजस्तो मलाई लाग्दैन । ”

थापाले अहिलेको मुलुकको अवस्था हेर्दा होम एन्ड अवे प्रणालिमा खेलाउन गाह्रो हुने भएकोले  भोली क्लबहरु सँग बसेर छलफल गर्ने र उन्ले एन्फाले छिटो लिग सकाउन तयारी गरिरखेको जनाए ।

April 30, 2025

सुर्खेत जिल्ला फुटबलमा नयाँ नेतृत्व

काठमाडौं (हाम्रो खेलकुद)- सुर्खेत जिल्ला फुटबल संघको विशेष साधारण सभाले दीलिप बस्याललाई अध्यक्ष निर्वाचित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। सुर्खेत जिल्ला फुटबल संघ लामो समयदेखि विवादित रहँदै आएको थियो। मंगलवार बसेको विशेष साधारण सभाले तत्कालिन अध्यक्ष रविन्द्र चन्दविरुद्ध अविश्वास प्रस्ताव पारित गर्दै उनलाई पदमुक्त गरेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको […]

April 30, 2025

पिएसजीसँग आर्सनलको हार

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले युइएफए च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा आर्सनललाई १-० ले हराएको छ। इमिरेट्स स्टेडियममा मंगलवार भएको खेलमा ओउस्मान डेम्बेलेले गोल गर्दै पिएसजीलाई महत्त्वपूर्ण अग्रता दिलाए। डेम्बेलेले चौथो मिनेटमा गोल गर्दै दिलाएको अग्रतालाई पिएसजी जोगाउन सफल रह्यो । दोस्रो हाफमा खुट्टाको चोटका कारण डेम्बेले मैदान छाड्नु परेको थियो। उनले जारी सिजनमा […]

April 29, 2025

एपिएफ महिला फुटबलको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बल (एपिएफ) प्रथम बागमती प्रदेश मुख्य मन्त्री कपको सेमिफाइनलमा प्रवेश गरेको छ। नुवाकोटको बट्टारमा जारी‌ प्रतियोगिताको आज भएको क्वाटरफाइनलमा पदमा स्पोर्टस क्लबलाई ४-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । एपिएफको जितमा अनिता केसीले २ तथा रश्मि कुमारी घिसिङ र गीता रानाले समान १ गोल गरे। खेलको ११ औं […]

Success

Thank you for your time.