5 years ago
January 19, 2020
एजेन्सी – इन्ज्युरी समयमा आत्मघाती गोल बेहोरेपछि म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा जितबाट वञ्चित बनेको छ । सिटी घरेलु मैदानमै क्रिष्टल प्यालेससँग २–२ गोलको बराबरीमा रोकिदै अंक बाँड्न बाध्य बनेको हो ।
घरेलु मैदान इतिहाद स्टेडियममा सिटीका लागि दुवै गोल सर्जियो अगुइरोले गरे । क्रिस्टलका सेन्क टसनले एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।
पहिलो हाफमा एक गोलले पछि परेको अवस्थामा दोस्रो हाफमा सर्जियो अगुइरोले दुई गोल गर्दै सिटीलाई जितनजिक पुर्याएका थिए । तर, अन्तिम समयमा फनाएन्डिन्होले आत्मघाती गोल गरेपछि सिटी जितबाट वञ्चित बनेको हो ।
खेलको ३९औं मिनेटमा सेन्क टोसनले गोल गर्दै पहिलो हाफमा क्रिष्टल प्यालेसलाई १–० ले अग्रता दिलाएका थिए । १–० ले पछि परेपछि सिटीले लगातार दवावमा राखेपनि क्रिस्टलको बलियो रक्षापङ्ति तोड्न निकै हम्मे हम्मे परेको थियो ।
६ मिनेटको अन्तरमा सर्जियो अगुइरोले दुई गोल गरेपछि सिटीले खेलमा २–१ को अग्रता लिन सफल भएको थियो । अगुइरोले खेलको ८२औं मिनेटमा ग्याब्रिएल जेससको पासमा तथा र ८७औं मिनेटमा बेन्जामिन मेन्डीको पासमा गोल गरेको थियो ।
९०औं मिनेटमा फर्नाडिन्होले आत्मघाती गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुग्यो । वेलफ्रेड जाहाको क्रसलाई जोगाउने प्रयास गरेपनि फर्नाडिन्होले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा सिटीले प्यालेसलाई अंक बाड्न बाध्य बन्यो ।
बराबरीसँगै सिटी २३ खेलबाट ४८ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । सिटी दुई खेल कम खेलेको शीर्षस्थानको लिभरपुलसँग १३ अंकले पछि छ । लिभरपुल ६१ अंकसहित शीर्ष स्थानमा छ ।
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]
March 9, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]