5 years ago
January 19, 2020
एजेन्सी – नर्वेली फरवार्ड एर्लीङ हालान्डले जर्मन क्लब बोरुसिया डर्टमुन्डका लागि आफ्नो डेब्यु खेलमा नै ह्याट्रिक प्रहार गर्दै जित दिलाएका छन् । खेलमा बोरुसिया अग्स्बर्गसँग ३-१ ले पछाडी परेको अवस्थामा मैदान छिरेका हालान्डले २३ मिनेटमा ह्याट्रिक पूरा गरे । खेलमा डर्टमुन्ड ५-३ ले विजयी रहयो ।
गत महिना १७.१ मिलियन पाउण्डमा साल्जबर्ग छाडेर जर्मनी आएका हालान्डले डर्टमन्डमा उत्कृष्ट सुरुवात गर्ने क्रममा मैदान प्रवेश गरेको तेस्रो मिनेटमा नै गोल गरे । उनी खेलको ५६ औं मिनेटमा डिफेन्डर लुकास पिस्जेकको स्थानमा मैदान छिरेका थिए । उनी मैदान प्रवेश गर्दा अग्सबर्गले खेलमा ३-१ को अग्रता लिएको थियो ।
फ्लोरियन नाइडरलेक्नरले पहिलो हाफको २४ औं मिनेटमा रुबेन भार्गासको पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । दोस्रो हाफको पहिलो मिनेटमा मार्को रिक्टरले अग्रता दोब्बर पारे । जुलियन ब्रान्टले थोर्गन हाजार्डको पासमा गोल गर्दै स्कोर २-१ को स्थितिमा ल्याएपनि फ्लोरियनले पुन: गोल गरे । उनले ५५ औं मिनेटमा फिलिप म्याक्सको पासमा गोल गर्दै ३-१ को अग्रता दिलाए ।
डर्टमुन्डले खेलमा दुई गोलले पछि परेसँगै हालान्डलाई मैदान छिराएपछि उनले तीन मिनेटमा नै जेडन सान्चोको पासमा गोल गरे । लगत्तै दुई मिनेटपछि सान्चोले म्याट्स हमल्सको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए । ७० औं मिनेटमा हाजार्डको पासमा गोल गर्दै हालान्डले पाहुना टोली डर्टमुन्डलाई अग्रता दिलाए ।
हालान्डले ७९ औं मिनेटमा कप्तान मार्को रिउसको पासलाई सदुपयोग गर्दै आफ्नो ह यात्रीक समेत पूरा गरे । जारी सिजनमा यो उनको छैटौं ह्याट्रिक हो । उनले त्यसअघि साल्जबर्गका लागि २२ खेलमा २८ गोल प्रहार गरेका थिए । त्यसक्रममा उनले ५ ह्याट्रिक समेत पूरा गरिसकेका थिए । च्याम्पियन्स लिगमा उनले ८ गोल गर्दै सर्वाधिक गोलकर्ताको सुचिमा दोस्रो स्थानमा छन् ।
युरोपका शीर्ष क्लबले अनुबन्ध गर्न चाहेको अवस्थामा डर्टमुन्ड रोजेका हालान्डले क्लबमा खेल्न निकै सहज रहेको बताए । ‘मलाई एकदम सहज महसुस भइरहेको छ । यसको कारण म आफैंलाई थाहा छैन । म एक राम्रो क्लबमा आएको छु जहाँ खेलाडी र अन्य व्यक्ति निकै राम्रा छन् । मेरो लक्ष्य यहाँ आएर गोल गर्नु थियो र सुरुवात एकदम उत्कृष्ट भएको छ,’ उनले भने ।
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]
March 9, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]