5 years ago
January 19, 2020
एजेन्सी – ब्राजिलियन स्टार क्यासमिरोले दुई गोल गरेपछि रियाल म्याड्रिडले स्पेनिस ला लिगामा सेभियामाथि जित निकाल्दै शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदान सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलमा रियालले सेभियालाई २–१ ले पराजित गर्दै ला लिगाको शीर्षस्थानमा पुगेको हो ।
जितसँगै रियालले २० खेलबाट ४३ अंक जोड्न सफल भयो । रियालले एक खेल कम खेलेको बार्सिलोनालाई ३ अंकले पछि पारेको हो । बार्सिलोनाको १९ खेलबाट ४० अंक छ ।
बार्सिलोनाले आइतबार राति ग्रानडासँग खेल्दैछ । यो खेलमा जित हात पारे बार्सिलोना पुनः शीर्षस्थानमा फर्कनेछ । बराबरी या पराजित भएको अवस्थामा बार्सिलोनाको शीर्षस्थान गुम्नेछ ।
रियालको जितमा दुवै गोल क्यासमिरोले गरे । सेभियाका लुक डि जोङले सान्त्वना गोल फर्काए । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो गोलरहित बराबरीमा सकिएको थियो ।
२६औं मिनेटमा लुका मोड्रिचले गोल गर्ने अवसर खेर फालेका थिए । ३०औं मिनेटमा लुक डि जोङले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । उनले गोल गर्नुअघि रियालका डिफेन्डर इडर मिलिटाओलाई फउल गरेको देखिएको थियो ।
५७औं मिनेटमा लुका जोभिकको ब्याक हिल पासमा क्यासमिरोले गोल गर्दै घरेलु टोली रियाललाई खेलमा अग्रता दिलाए । ६४औं मिनेटमा सेभियाले बराबरी गोल फर्कायो । मुनिर एल हाद्दादिको पासमा लुक डि जोङले बराबरी गोल फर्काएका थिए । त्यसको ४ मिनेट पछि नै क्यासमिरोले लुकास भास्क्वेजको क्रसमा हेडमार्फत गोल गर्दै रियाललाई खेलमा पुनः २–१ को अग्रता दिलाए ।
७४औं मिनेटमा क्यासमिरो ह्याट्रिकबाट चुके । ८३औं मिनेटमा सेभियाले खेललाई बराबरी गर्ने मौका गुमायो । ८७औं मिनेटमा रियालका भिनिसियस जुनियरको प्रहारलाई सेभियाका गोलरक्षक थोमस भलिकले मुस्किलले बचाए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल रियालले २–१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
अन्य नतिजा
लेगानेसविरुद्ध गेटाफे (०–३)
लेभान्टेविरुद्ध डिर्पाेटिभो अलाभेस (०–१)
एइबारविरुद्ध एट्लेटिको मड्रिड (२–०)
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]
March 9, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]