5 years ago
January 18, 2020
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका कप्तान एस्ले योङ इटालियन क्लब इन्टर मिलानमा प्रस्थान गरेका छन् । इन्टरले योङलाई ६ महिनाको लागि १.५ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो ।
इंग्ल्यान्डका पुर्व ३४ बर्षे डिफेन्डर योङले यसअघि पनि इन्टर मिलान जान इच्छुक रहेको बताउँदै आएका थिए । सोही कारण योङ पछिल्ला तीन खेलमा मैदान उत्रिएका थिएनन् । योङ इन्टर पुगेसँगै युनाइटेडले ह्यारी मगाएरलाई युनाइटेडको नयाँ कप्तान चुनेको छ ।
उनी शुक्रबार इन्टर मिलानमा पुगेका छन् । उनको शुरुमा मेडिकल परीक्षण हुनेछ । त्यसपछि मात्रै सम्झौता हुने बुझिएको छ । सिरी ‘ए’ क्लब इन्टर मिलानले योङ क्लबमा अनुबन्ध हुने पक्का भएसँगै सामाजिक सन्जाल ट्वीटरमा ह्यासट्यागनटफरइभ्रीवान नारा राख्दै स्वागत गरेको छ ।
योङले म्यानचेस्टर युनाइटेडले मौका दिएको र विभिन्न ट्रफीहरु जित्दाको क्षण अविस्मरणीय रहेको भन्दै साढे आठ वर्षमा युनाइटेडको कप्तानसहित कथाको अंश बन्न मौका दिएकोमा धन्यवाद व्यक्त गरेका छन् । उनले युनाइटेडका समर्थकहरुलाई समेत धन्यवाद दिदै फेरि पनि भेट्न सकिने बाँचा गरेका छन् ।
२०११ मा एस्टन भिल्लाबाट युनाइटेडमा पुगेका थिए । उनले त्यहाँ झन्डै ९ बर्ष बिताए । उनले यो सिजन युनाइटेडको कप्तानी गर्दै १० खेले । युनाइटेडमा झन्डै ९ वर्ष रहँदा योङले २ सय ६१ खेल खेले । योङले इंग्ल्याण्डको राष्ट्रिय टिमबाट ३९ क्यास जितेका छन् । युनाइटेडले प्रिमियर लिग, एफए कप, लिग कप र युरोपा कपको उपाधि हात पार्दा योङ टिमका महत्वपुर्ण सदस्य थिए ।
इन्टरले गत अगष्टमा मात्रै बेल्जियन रोमेलु लुकाकुलाई युनाइटेडबाट क्लबमा अनुबन्ध गरेको थियो । लुकाकुले त्यहाँ उच्च प्रदर्शन गरिरहेका छन् । इन्टर सिरी ‘ए’को शीर्षस्थानको युभेन्ट्स भन्दा मात्र दुई अंकले पछि छ ।
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]
March 9, 2025
सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]