default_image

5 years ago

January 21, 2020

भारान –उमेर २६, ट्रफी १७

101 views

0 Bookmark

एजेन्सी –राफेल भारान रियल म्याड्रिडका महत्त्वपूर्ण खेलाडी हुन् । उनको उमेर भर्खर २६ वर्ष हुँदैछ । यो उमेरमा उनले १७ वटा ट्रफी जितिसकेका छन् । फ्रान्सका सेन्टर ब्याक भारान लेन्सबाट सन् २०११ मा १० मिलियनमा रियल पुगेका हुन् । रियलको इतिहासमा यति धेरै ट्रफी जित्ने उनी सबैभन्दा कान्छा खेलाडी हुन् ।

रियलकै करिम बेन्जेमाले १८ वटा उपाधि जितेका छन् । त्यस्तै जासे एन्टोनियो कामाचो र इकर कासिलासले १९ ट्रफी जितेका छन् ।
सर्जियो रामोस, मार्सेलो र मानोलो सान्चिजले २१ ट्रफी जितिसकेका छन् भने पाको गेन्टोले २३ उपाधि जितेका छन् । अझै केहि वर्ष भारानले रियलमै बस्ने सम्भावना रहेकाले उनको उपाधि संख्या बढ्न सक्छ ।

उनले रियलबाट ४ वटा च्याम्पियन्स लिग, ३ वटा युरोपियन सुपर कप, ४ वटा क्लब विश्व कप, २ ला लिगा उपाधि, १ कोपा डेल रे र ३ वटा सुपर कप जितेका छन् । गत वर्ष उनले देशका लागि विश्व कप पनि जितेका थिए । त्यो समेत जोड्दा उनको खेल जीवनमा १८ ट्रफी पुगिसकेका छन् ।

त्यस आधारमा भारानको तुलाना इटालियन पाउलो माल्डीनीसँग हुने गरेको छ । उनले २००३ सम्म ३५ वर्षको उमेरमा ४ वटा च्याम्पियन्स लिग उपाधि जितेका छन् । घुँडाको चोटका वावजुद उनले माथिल्लो स्तरमा एकरुपताको प्रदर्शन गर्ने खेलाडीमा पर्दछन् । त्यसअर्थ उनी प्रशिक्षक जितेदिन जिदानको पहिलो रोजाईमा लगातार पर्दै आएका छन् ।

March 10, 2025

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]

March 10, 2025

युनाइटेड र आर्सनलको बराबरी

एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]

March 10, 2025

चेल्सीको कठिन जित

एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। चेल्सीले आइतवार भएको खेलमा लेस्टरलाई १-० ले हरायो । घरेलु मैदानमा चेल्सीका मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा गोल गरेका हुन् । जितसँगै चेल्सी २८ खेलबाट ४९ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । […]

Success

Thank you for your time.